गृहमन्त्रीले पैसा बाँडेर सक्ने गरेको पत्नी पहाडीको भनार्इ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर १९ / गृहमन्त्री शक्ति बस्नेतको बानी र स्वभाव बारे उनकी पत्नी तथा एमाअोवादी नेतृ सत्या पहाडीले बयान दिएकी छिन्न नयाँ पत्रिका दैनिकको एक सय एक प्रश्न नामक स्तम्भमा पहाडीले अाफ्ना पतिबारे खुलेरै बोलेकी छिन् । पहाडीले पति मन्त्री बन्दा घरमा खुसियाली छाडेएको बताउँदै  देशको परिस्थिति नभएकाले  अाफुले र   छोरीले  ‘गृह मन्त्रालयको जिम्मेवारी नलिँदा पो ठीक हुन्छ कि’ भनेर सुझाब दिएको खुलाइन्यु द्धकालमै प्रेम बिहे गरेको बतँउदै पहाडीले बस्नेतले राखेको प्रस्तावबारे भनेकी छिन्, ‘पार्टीमा साथीहरूले मेरो बिहे गर्न खोजिदिएकी महिलासँग मलाई बिहे गर्न मन छैन, तपाईंसँग गर्न मन छ, तपार्इं के भन्नुहुन्छ रु’ भनेर सोध्नुुभयो ।  उहाँको प्रस्ताव सुनेर चकित भएँ, त्यस्तो केही सोचेकै थिइनँ मैले । ‘मलाई के देखेर त्यस्तो मन पराउनुभयो’ भनेर सोधेँ ।प्रस्ताव गरेको तीन वर्षपछि विवाह बताउँदै उनले भनिन्,   'युद्धका वेला सुरक्षाकर्मीसँगको भिडन्तमा नेताहरू मारिएका झुटा समाचार पनि आउँथे । उहाँको बारेमा पनि त्यस्ता समाचार सुन्नुभएको थियो । म जेलमा भएका वेला एकपल्ट त प्रहरीले ‘शक्ति बस्नेत मारियो’ भन्दै शरीर टुक्रा–टुक्रा पारिएको क्षतविक्षत् मान्छेको फोटो ल्याएर देखायो । अनुहार राम्रो देखिएको थिएन । हेर्दा हात–खुट्टा र जिउडाल उहाँको जस्तै थियो, म त बेहोस नै भएँ । प्रहरीले कसरी मिलाएर बनाएको रहेछ फोटो कुन्नि यस्तै बस्नेतले अाफ्नो  तलब बाँडेरै सक्ने पनि पहाडीले बताएकी छिन्  । उनले भनेकि छिन्, ' उहाँको यस्तो स्वभाव छ कि पैसा पाएका वेला साथीभाइहरूले ‘समस्या भयो, पैसा छैन’ भनेपछि पूरै पैसा दिएर आफू रित्तै आउनुहुन्छ । बचाएर ल्याउनुभयो भनेचाहिँ दिनुहुन्छ । साथीभाइलाई बाँड्नुहुन्छ  । कुन दिन सर्ट, पाइन्ट, कोट पनि बाँडेर आउनुहुन्छ भन्ने चिन्ता लाग्छ ।पैसाकै बारेमा ठूलो किचलो नहुने बताउँदै पहाडीले समस्या भने पर्ने बताइन्  । उनले पैसा बारेमा एउटा घटना यसरी सुनाइन्, ' पहिलो संविधानसभा विघटन भएपछि छोरी कलेजबाट फर्कंदै थिई, म पनि सँगै थिएँ । उहाँ पश्चिमतिर हुनुहुन्थ्यो । हामीसँग पैसा नै थिएन । बाटोमा छोरीले ‘ममी ससेज खान मन लाग्यो, हामीले मासु नै नखाएको पनि तीन–चार महिना भयो’ भनेर भनी । त्यतिवेला यति रुन मन लाग्यो कि के भनूँ रु उहाँलाई फोन गरेर कराएँ । ‘हाम्रो त त्यस्तै हो, तपार्इंले छोरीको भविष्य हेरेर दुई–चार पैसा बचाइदिएको भए यस्तो हुँदैनथ्यो’ भनेर कराएँ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्