मलंगवामा झडप जारी, प्रदर्शनकारीमाथि निर्घात कुटपित
Advertise Here Book Now

 

ऑनलाइन सिरहा डटकम पुष ८/मलंगवामा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप जारी नै रहेको छ । सुरक्षाकर्मीले घरमा पसेर सर्वसाधारणमाथि कुटपिट गरिरहेको मोर्चाका नेताले बताएका छन् । मधेशी मोर्चाका नेता जेपी यादवले ९–१० मा पढ्ने विद्यार्थीहरुलाई समेत कुटपिट गरेको बताएका छन् । उनका अनुसार रंजित ठाकुर, आलिम खान, अभिषेक यादव, रवि ठाकुर लगायत दर्जनौं निर्दोष विद्यार्थीहरुलाई जहाँ पायो त्यहीं निर्घात कुटपिट गर्न थालेको छ ।
मोर्चाका नेता तथा संघीय समाजबादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादवलाई रिहाइको माग गर्दै बिरोध प्रदर्शनसहितका कार्यक्रमहरु आज पनि जारी रहेको छ । ठाउँ–ठाउँमा झडप भएको छ भने आक्रोशित प्रदर्शनकारीहरुले विभिन्न सरकारी कार्यालयहरुमा आगजनी गरेका छन् । सुरक्षाकर्मीको कुटाइबाट दर्जनौं घाइते भएका छन् भने प्रहरीको ज्यादती बन्द भएको छैन ।  

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्