मितेरी पुलमा मोर्चाका कार्यकर्ता र भारतीय नागरिकवीच भिडन्त
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर १७/वीरगन्ज रक्सौलको नेपाल भारत सिमा नाका मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारीहरु माथि भारतीयहरुले आक्रमण गरेका छन् । विहान भारत रक्सौलको अहिरवा टोलका बासिन्दाले धर्नामा बसिरहेका आन्दोलनकारीहरुमाथि घरेलु हतियार सहित आक्रमण गरेका थिए । उनीहरुवीच लामो समयसम्म दोहोरे ढुंगामुडा समेत भएको थियो । बुधबार साँझ भारतको अहिरवा टोलका एक समूहले नेपाली सिमामा रहेका भारतीय ट्रकहरुलाई फिर्ता जान दिनुपर्ने भन्दै आक्रमण गरेका थिए । सो आक्रमणबाट लगभग आधादर्जन आन्दोलनकारी घाइते भएका थिए । धर्नामा बसेका अधिकांश खाना खान गएको बेला भारतीय तस्करहरुले आक्रमण गरेकोका थिए । सो क्रममा पाँच जना घाईते भएका थिए । नेपाल तर्फ थन्किएर बसेको भारतीय ट्रक लैजाने विषयलाई लिएर झडप भएको थियो । घाइते भएका पाँचजनाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। सुरज साह, रन्जित साह, राज यादव, नन्दु यादव, फिरोज साह घाइते भएको एसपी श्रेष्ठले बताए । सोही विषयलाई लिएर आज विहान पनि झडप भएको हो । मोर्चाले आक्रमणकारीहरुले ट्रक लैजान भारतीयहरुसँग पैसा लिएर आक्रमण गरेको आरोप लगाएका छन ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्