विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष ११/सिरहा लहान नपा १ मा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी भएको छ । आगलागीको कारण अझै खुल्न नसकेको इलाका प्रहरी कार्यालय सिरहाले जनाएको छ । आगो समयमै नियन्त्रणमा लिएका कारण ठूलो क्षेतिहुनबाट बचेको प्रहरीले जनाएको छ । आगलागीबाट थन्क्याएर राखेको विजुलीको तार र पराल जलेको छ । आगो लहान नगरपालिकाको वारुणयन्त्र, नेपाली सेना, र प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । आगलागी कसरी भयो भन्ने केही खुल्न नसकेपनि विद्युत चुहावटका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीपछि सो स्टेशनबाट प्रवाह हुने विद्युत अवरुद्ध रहेको जनाएको छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्