एमाओवादी बैठकमा प्रचण्डको प्रतिवेदनमा छलफल सकिने
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम op मंसिर २७/ एकीकृत माओवादी केन्द्रीय समितिको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन माथिको छलफल सकिने भएको छ । आज बिहान ११ बजेपछि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक तथा साङ्गठिन प्रतिवेदनमा केन्द्रीय सदस्हरुले भनाई राख्ने क्रम सकिने छ । सदस्यहरुले भनाई राखेपछि अध्यक्ष प्रचण्डले उठेका प्रश्नको जवाफ दिनुहुनेछ । एमाओवादी प्रवक्ता दीनानाथ शर्माले आजको बैठकमा बाल्ने क्रम सकिने र बैठक भोलिसम्ममा सकिने बताउनुभयो । बैठकमा गृहमन्त्री शक्ति बस्नेतका विषयमा पनि छलफल हुनेछ । एकीकृत नेकपा माओवादीमा गृहमन्त्री बस्नेतलाई मन्त्रीबाट फिर्ता बोलाउन दबाब बढेको छ । गृहमन्त्री बस्नेतले भूकम्प पिडितको विदेश भ्रमणको कोटामा आफ्ना छोरीहरु र नातागोतालाई पारेको समाचार सार्वजनिक भएपछि स्थायी समितिको आकस्मिक बैठक बोलाएर स्थायी समिति सदस्यहरुले बस्नेतलाई फिर्ता अध्यक्ष प्रचण्डलाई दबाब दिएका हुन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्