केपी ओलीलाई सक्षम प्रधानमन्त्री ठहर गर्दै थारु महिलाहरुको भेला लहानमा सम्पन्न
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता  लहान, १२ पुस । असक्षम सरकार भन्दै थारु महिला सभाको राष्ट्रिय भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । सिरहाको लहानमा दुई दिने राष्ट्रिय भेलाले ११ बुँदे घोषणा पत्र जारी गर्दै हालको केपी ओली सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएको छ । ‘केपी ओली सरकार देशमा शान्ति सुरक्षा, नागरिकको मानव अधिकार, जनताको अत्यावश्यक सामग्रीहरुको परिपूर्ति गर्न नसकेको तथा राज्य नै तस्करी र कालोबजारीमा संलग्न रहेकाले अवलिम्ब राजीनामाको जोडदार माग गर्दछ,’ जारी घोषणा पत्रमा उल्लेख छ ।

घोषणा पत्रमा साढे चार महिनादेखि जारी थरुहट मधेस आन्दोलनलाई एक्यबद्धता जाहेर गर्दै निरन्दर आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने जनाइएको छ । सभाले संगठनलाई सुदृढ बनाउन केन्द्र, जिल्ला तथा गाविस स्तरीय संगठनको निर्माण गर्ने बताएको छ ।
थारु कल्याणकारिणीसभाका केन्द्रीय संरक्षक अमृत खाँको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटनसत्रमा वक्ताहरुले थारुको आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने बताए । उद्घाटन सत्रमा थारु कल्याणकारिणीसभाका पूर्वमहामन्त्री राजकुमार लेखीले थारु आन्दोलन प्रभावकारी बनाउन महिलाहरु संगठित हुनुपर्ने बताए । ‘थारुको माग सम्बोधन नहुँदासम्म आन्दोलन रोकिँदैन, आन्दोलन झन कडारुपमा अगाडि बढ्छ,’ लेखीले बताए ।
‘अधिकार सम्पन्न पहिचानसहितको संविधान राष्ट्रवादी थारु महिलाहरुको अभियान’ मुख्य नारासहित भेला आयोजना भएको छ ।  भेलामा थारु महिला सभाका केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थित भएका थिए । त्यस्तै तराईका सम्पूर्ण जिल्लाबाट पाँच पाँच जनाका दरले प्रतिनिधिहरु सहभागी भएका थिए । बन्दसत्रमा देशभरिको १५ जिल्लाबाट महिलाहरुको प्रतिनिधित्व रहेको सभाका हरि देवीले जानकारी दिइन् । 

भेलाले थारुहरुको जारी आन्दोलनलाई अझ ससक्त र उचाईमा पुर्याउन विभिन्न महत्वपूर्ण प्रस्तावहरु पारित गरेका छन् । थारु महिला सभा थारु कल्याणकारिणी सभाको भातृ संगठन हो । यसैबीच, सो भेलाले राष्ट्रिय महिला सभा २०७२ लहानको ११ बुंदे घोषणापत्र जारी गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्