सीमांकन नसच्याएसम्म आन्दोलन जारी रहन्छ : मोर्चा (मोर्चाको विज्ञप्ति र सरकारी प्रस्तावसहित)
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष ८/संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारले ल्याएको तीनबुँदे प्रस्ताव अस्वीकार गरेको छ । मधेशी मोर्चाले प्रदेशका सीमांकन नसच्याएसम्म आन्दोलन यथावतरुपमै जारी रहने जनाएको छ । मंगलबार फोरम नेपाल पार्टी कार्यालय मधेशी मोर्चाको बसेको बैठकले सो निर्णय गरेको हो । मधेशी मोर्चाले प्रेस विज्ञप्ति जारी गर्दै सरकारी प्रस्तावले मधेशी, आदिवासी जनजाति, थारु, दलित मुस्लिम, महिला लगायत सीमान्तकृत समुदायको माग र मधेशी मोर्चाद्वारा प्रस्तुत ११ बुँदे प्रस्तावलाई समेत संवैधानिक रुपमा सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उक्त प्रस्ताव ठोसरुपमा नभई अमूर्त, अस्पष्ट र दृष्टिकोणविहीन रहेको जनाएको छ । वार्ताद्वारा समस्या समाधान गर्न र मोर्चाद्वारा प्रस्तुत ११ बुँदे प्रस्तावप्रति सरकार गम्भीर नरहेको आरोप लगाएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विज्ञप्ति
                  

 सरकारको तीनबुँदे प्रस्ताव

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्