तस्करी नियन्त्रण गर्दै मधेशी फोर्स, सयौं लिटर डिजेल नष्ट
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष ४/मधेश आन्दोलन सफल बनाउने उद्देश्यले रौतहटमा गठित मधेशी फोर्सका कार्यकर्ताहरु पनि तस्करी नियन्त्रण गर्न लागिपरेका छन् । जारी मधेश आन्दोलनको मौका छोपेर विगत केही दिनदेखि एक्कासी बढेको तस्करी र कालोबजारी नियन्त्रण गर्न फोर्सका कार्यकर्ता सक्रिय भएका हुन् ।

फोर्सका कार्यकर्ताहरु रौतहटको विभिन्न गाउँ विकास समितिमा चेकजाँच गर्ने क्रममा १ हजार लिटर डिजेल पेट्रोल नष्ट गरेको जिल्ला संयोजक राजकिशोर प्रसाद यादवले जानकारी दिएका छन् । गाउँ विकास समिति सोनरनियादेखि पश्चिम अडुवा खोला नजिक भागेश्वर राय र काशिराम पासवानको नेतृत्वमा रहेको टोलीले ७ सय ५० लिटर डिजल र १ सय ५० लिटर पेट्रोल खन्याएर नष्ट गरेको फोर्सका जिल्ला संयोजक यादवले बताए । 
मौलापुर गा वि स नजिक फोर्सका श्रीभगवान पटेलको नेतृत्वको टोलीले ४० लिटर डिजेल र २० लिटर पेट्रोल नष्ट गरेको छ । तस्करी कार्यमा संलग्न रहेकालाई अर्को चोटी फेला परेमा कालोमोसो दल्ने चेतावनी समेत दिइएको यादवले जनाएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्