प्रहरीका ५३ कार्यालयमा आगजनी, १८ मा तोडफोड र ३ दर्जन बढी सवारी साधनमा आक्रमण
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष ९/मधेसी मोर्चाले आन्दोलन सुरु गरेयता तराई क्षेत्रमा सबैभन्दा बढी प्रहरी कार्यालयहरुमा तोडफोड भएको छ । प्रहरी प्रवक्ता डिआईजी कमलसिंह बमका अनुसार, साउन २४ गतेदेखि तराई मधेसमा चलेको आन्दोलनमा ५३ प्रहरी कार्यालयमा आगजनी गरिएको छ भने ३ दर्जनभन्दा बढी सवारी साधनमा तोडफोड गरिएको छ । एकीकृत सुरक्षा योजना लागू भएपछिको क्षति पहिलेको तुलनामा कम रहेको प्रहरीले जनाएको छ। प्रहरीले कम जनशक्ति र साधनस्रोत भएका प्रहरी चौकीलाई नजिकैको कार्यालयमा गाभ्ने नीति लिएको छ । संविधान जारी गर्ने दिनसम्ममा नै ४० साना तहका प्रहरी कार्यालयमा आन्दोलनकारीले आगो लगाईसकेका थिए। पर्सा, बारा, महोत्तरी र सप्तरीमा प्रहरीका सवारीसाधन र कार्यालयमा भएको आगजनी र तोडफोड केही शंकास्पद देखिएकाले अनुसन्धान समेत भइरहेको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्