स्वच्छ र हराभरा लहान बनाउंन सरसफाई अभियान गती लिंदै
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता लहान, १५ पुस । स्वच्छ लहान, हराभरा लहान भने मूल नाराका साथ अभियानमा लागेका यहांका स्थानीय युवाहरु सरसफाईलाई तिब्र पारेको छ । लहानलाई स्वच्छ र हराभरा शहर बनाउंनको निम्ति ठिक एक बर्ष अगाडि लहानका युवाहरुले थालनी गरेको सरसफाई अभियानको आज एक बर्ष भएको अवसरमा सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा एक बर्षभित्र धेरै काम गरेको भएपनि लहान ८ को सरस्वती टोललाई सरसफाईको नमुना टोलको रुपमा प्रस्तुत गरिएको छ । अभियनता जितेन्द्र चौधरीले लहान सरसफाई अभियानको स्मरण गर्दै भने हामी निःशुल्क हप्तामा एक दिन टोल टोलमा गएर सरसफाई जागरण चलाउंछौं । यसलाई निरन्तरन्ता दिन सरोकारवाला निकायसंग समन्वय पनि गर्दै आएको छु । 
अर्का अभियनकर्ता रिना चौधरीले ‘ यो अभियान साझा हो , तर बन्दले गर्दा प्रभावित भएपनि हामी पछि हटेका छैनौ ।’ लहान नगरपालिका अन्तरगत एलजिसिडिपीका प्रमुख शेखर कार्कीले लहानमा जनसंख्या व्यापक रुपमा बढिरहेको छ , त्यहीसंगै फोहोर पनि बढिरहेकोले यसलाई नियन्त्रण गर्न चौतर्फी सहयोगको खाचो रहेको छ । सशस्त्र प्रहरी वल लहानका डिएसपी प्रकाश चौधरीले शहरी क्षेत्रमा चौपाया नियन्त्रण गर्नुपर्ने र यसको लागि नगरपालिकाले सक्रियता देखाउंनुपर्ने हुन्छ । लहान सरसफाईको लागि शैक्षिक संघ संस्थाहरुले पनि जिम्मेवार भई प्रत्येक शनिवार यसलाई अभियानको रुपमा अघि बढ्ने प्रतिबद्धता अर्का अभियानकर्ता राकेश झाले बताए । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजनका प्रमुख ,जेवाससीसी सिरहाका संयोजक दिनेश्वर गुप्ता, समाजसेवी अशोकलाल अमात्य, अधिकारकर्मी दुर्गा महतो, शिक्षाकर्मी धरणीधर अधिकारी, चक्रपाने दाहाल, अभियानकर्ता साजकुमार आले, दुर्गा परियार, नेपाल पत्रकार महासंघ सिरहाका सचिव जीवछ यादव, डिएसपी उमाप्रसाद चतुर्वेदी, लोकतान्त्रिक फोरमका शुभनन्द चौधरी, खेलकुद सिरहा जिल्ला अध्यक्ष सच्चिदानन्द चौधरी, नागरिक सरोकार मंचका फुलेश्वर महतोलगायतले लहान सरसफाई अभियान तिब्र पार्न हौसला दिंदै प्रतिबद्धता जनाएका थिए । सोहीक्रममा लहान ७ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लहान नगरपालिकालाई प्रश्न गरेका थिए ।


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्