सिरहा प्रहरी द्वारा अवैध गाँजा बरामद
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम श्रीकान्त झा सिरहा, १४ पुष । जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्लामा गाँजा खेती नष्ट र अवैध रुपमा विक्रि वितरण गर्नका लागि राखिने गाँजा बरामद गर्ने अभियान अन्त रगत भारी मात्रामा तैयार गरीएको गाँजा बरामद गरीएको छ । सिरहाका प्रहरी नायव उपरीषक माधव प्रसाद बुढाथोकीको कमाण्डमा खटिएको प्रहरीटोलीले जिल्ला सिरहाको कर्जन्हा गाविस ७ अन्तरगत पर्ने मनोहर बाट एक क्वीन्टल एकसठ्ठी के।जी। गाँजा बरामद गरीएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले उक्त स्थानमा विषेश रुपमा खोज तलास गर्दा वेवारीसे अवस्थामा परालले छोपीएर राखिएको तैयार गाँजा बरामद गरेको हो । पक्राउ परेका गाँजा जिल्ला प्रहरी कार्यालय सिरहाले आफ्नो नियन्त्रणमा लिएर आवश्यक कानुनी कारवाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम लाल ज्ञवालीले जानकारी दिए । यता सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानमा लगाइएको गाँजाका बोटहरु पनि विगत एक साता देखि नष्ट गर्ने अभियान अन्तरगत गाँजाका हजारौं बोटहरु नष्ट गरीएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्