रौतहटमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिए, प्रहरी चौकीहरुमा तोडफोड तथा आगजनी
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष ६/जिल्लामा आन्दोलन आज झन् कडा हुँदै गएको छ । एक जना विद्यार्थीको सुरक्षाकर्मीको गोली लागी मृत्यु भएपछि रौटहटका विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् । जिल्लाका सबै विद्यालयका विद्यार्थीहरुले प्रतिकारमा उत्रेका छन् । सरमुजवा गाविसस्थित बंकुल प्रहरी चौकीमा विद्यार्थीहरुले तोडफोड तथा आगजनी गरेका छन् । बंकुल प्रहरी चौकीमा विद्यार्थीहरुले आगजनी गर्दा गाडी, प्रतिक्षालय, मोटरसाइकल र साइकलमा समेत क्षति पुगेको छ । यसैगरी विद्यार्थीहरुले कटहरिया इलाका प्रहरी कार्यालयमा पनि तोडफोड गरेका छन् । यस्तै, इलाका प्रहरी कार्यालय गंगा पिपरामा तोडफोड भएको छ । विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि जिल्ला तनावग्रस्त बनेको छ । यता, गौरमा स्थानीय प्रशासनले कर्फ्यु जारी गर्दा उल्लंघन गरी आन्दोलनकारी प्रदर्शन गरिरहेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्