जनकपुरमा चरम दमन भयो : नेता महतो-फोटो फिचर सहित
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पौष १ / संयुक्त लोकतान्त्रि मधेशी मोर्चामा आबद्ध रहेको  सदभावना पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र महतोले बुधबार सरकारले जनकपुरमा चरम दमन गरेको भन्दै आपती जनाएका छन् । राष्ट्रपति विद्या भण्डारी जानकी मन्दिरमा प्रवेश गरेपछि सुरु भएको झडपले दुई दर्जनभन्दा अधिक श्रद्धालुभक्तजनहरु घाइते भएका छन् । जसमध्ये १५ जना जनकपुर अञ्चल अस्पतालमा भर्ना भएका छन् । भर्ना भएका मध्ये अधिकांश भारतीय श्रद्धालुहरु छन् । तीन जनाको अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ ।राष्ट्रपति बिद्यया देवि भन्डारी जनपुरको भ्रमणको उदेश्य पुजा नभइ मधेसी माथी दमन रहेको सरकारको रबैयाले प्रष्टयाएको भन्दै नेता महतोले त्यसको भर्सना गरेका छन् ।‘ जनकपुरमा चरम दमन गरिएको छ ,सुरक्षा कर्मिको कुटाइबाट घाइतेहरुको उपचारमा समेत निषेध गरिदै अस्पतालमा टियर गैस प्रहार गरिएको छ ।’ नेता महतोले रोष्टप्रकट गर्दै बीरगन्जका स्थानिय संचारकर्मिहरुसग जनकपुर घटना  आपती जनाए ।  स्थानिय संचार कर्मीहरुसगं कुरागर्दै नेता महतोले भने,राष्टपति भन्डारी जनकपुरमा पुजा गर्न होइन मधेसीको खुनको होली खेल्न आएकी छिन् ,  दमनको बिरोधमा पुरा मेधसमा मोर्चाले आजै कडा बिरोध  गर्ने उनको जनाए  । सरकारले दिनप्रति दिन बार्ताको बाताबरण भगगरिरहेको नेता महतोले आरोप लगाए ।  मधेसी युवाहरुलाइ हतियार उठाउन बाध्य बनउन सरकार लागीपरेको उनको टिप्पणी रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्