एमाले नेता यादवको सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या
Advertise Here Book Now

देशको राजनीति यस्तो छ एका तीर वार्ताको प्रलोभन दिएर अर्को तीर हिंसा गर्दै 
ऑनलाइन सिरहा डटकम पुष १४/सर्लाहीमा एका विहानै एमालेका एक नेताको हत्या भएको छ । नेकपा एमालेका नेता रामनरेश यादवको मर्निङ वाकमा निस्किएका बेला हत्या भएको हो । नेता यादवको मंगलवार विहान सर्लाहीको हेमपुर–८ मा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ । हेमपुर र रनियाको बीच नहरमा धारिलो हतियार प्रयोग गरी यादवको अज्ञात समुहले हत्या गरेको प्रहरीले जनाएको छ । हत्या कस्ले र किन गरेको हो भन्नेबारेमा केही खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरी रहेका छन् । यादव नेकपा एमालेको सर्लाही जिल्ला कमिटी सदस्य समेत रहनुभएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्