सिरहामा पनि आन्दोलन कडा, मालपोत कार्यलयमा तोडफोड
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम सरोज कुमार पासमान, सिरहा, ५ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्बद्ध कार्यकर्ताहरुले सिरहा सदरमुकामस्थित मालपोत कार्यालय तोडफोड गरेका छन् । मोर्चाले आह्वान गरेको बन्द उल्लंघन गरी मोटो रकम लिएर दलालमार्फत् आन्तरिक रुपमा काम गरिरहेको भन्दै मोर्चा कार्यकर्ताहरुले आइतबार २ बजेतिर मालपोत कार्यालयको भुइँ तल्लाको दुई वटा झ्यालको सिसा फुटाएका छन् । उनीहरुले कार्यालय प्राङ्गणमा पार्किङ्ग गरेर राखिएको कर्मचारीको को.२१ प ८१९६ नं. को मोटरसाइकलको पछाडिको बत्तीको सिसा फुटाएका छन् । मोर्चा कार्यकर्ताहरुले बन्दमा मालपोत कार्यालयसँग सम्बन्धित लेखापढीको काम गरेको आरोप लगाउँदै कार्यालय प्राङ्गणमा राखिएका लेखापढी व्यवसायीहरुको दुई वटा कुर्सी र एउटा कुर्सी समेत भाँचेका छन् । मालपोत कार्यालय सिरहाका प्रमुख ज्ञानराज लम्सालले बन्दमा कार्यालयले गर्ने जग्गा रजिष्ट्रेसन, नामसारी लगायतका कुनै पनि काम नभएको दावी गर्दै मोर्चाले आफूहरुमाथि कार्यालय संचालन गरेको आरोप मात्र लगाएको बताए । गोप्य सूचनाको अधारमा मोटो रकम लिएर नामसारी जस्ता कार्यहरु गरेकाले तोडफोड गरिएको छ । मालपोत कार्यालय तोडफोड गरेपछि मोर्चा कार्यकर्ताहरु सरकार विरुद्व चर्को नारावाजी गर्दै हेमनारायण चोक हुँदै सिरहा बजार परिक्रमा गरेका थिए । यसैगरी, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले सिरहामा विधेयक समेत जलाएको मोर्चाका नेता सुरेश मण्डलले मधेशवाणीलाई बताएका छन् । उनले सिरहामा अब आन्दोलन झन् बनउने बताएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्