एक हात जग्गाको लागि सर्वोच्चसम्म पुग्ने, तीन जिल्लाको लागि मधेशीहरु जन्मोजन्म लड्ने
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता लहान, १३ पुस / माओवादीले गणतन्त्र घोषणा नगराएसम्म हतियार विसाएन् ,त्यसैगरी मधेश आन्दोलनले संघीयता, जनसंख्याको अधारमा निर्वाचन क्षेत्र, समानुपाति र सिमाकंनको सुनिश्चिता पाउंदैन् तबसम्म आन्दोलन जारी रहने राजनीतिक विशलेषक कृष्ण न्यौछेयुज्यूले बताउंनुभयो । उहांले यो आन्दोलन मधेशी, थारु, दलित, जनजाती, मुसलमान,महिला उत्पीडितवर्गको समूल परिवर्तनको लागि रहेकोले सबै जनता मुक्ति नपाउंञ्जेलसम्म सडक तताईरनुपर्ने आज (सोमवार १३ गते पुस) लहानमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्धारा आयोजित मधेश आन्दोलन ः समाधान र निकास सम्बन्धि वृहत्त अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउंनुभयो । जनआन्दोलन होइन् , यो जनविद्रोहको अवस्थामा रहेको मधेश आन्दोलनले शासकवर्गले समयमा अधिकार दिनसकेन् भने यसको नेता बद्लिन सक्छ , आन्दोलनको स्वरुप बदलिन सक्छ अनि अलग मधेशको स्थापना हुनसक्छ अर्का राजनीतिक विशलेषक तुलानारायण साहले बताउंनुभयो । साहले मधेशलाई पछाडि पार्न र मधेशीमाथी शासन गर्न खसब्रह्मानहरुले ठूलै षड्यन्त्र गरिरहेकोले यसको उपचार मधेश आन्दोलनबाट नै सम्भव रहेको बताउंनुभयो । अधिवक्ता दिपेन्द्र झाले सरकारको गोली र ओलीको बोलीले मधेश आन्दोलन गति लिएको हो र मधेशीहरु आक्रोशित छन् । यस आन्दोलनले टोपी मात्रै होइन् धोती समेतको राष्ट्रियता दिइएको बताउंनुभयो । मधेशीहरु एक हात जग्गाको लागि सर्वोच्चसम्म पुग्छ । तर, यहां तीन जिल्लाका सवाल छ यसको लागि जन्मोजन्म लड्ने भन्दै प्रादेशिक आधारमा एक—एक सिट दिने तर जिल्लाको आधारमा निर्वाचन क्षेत्र नदिने अधिवक्ता झाले बताउंनुभयो । यसैगरी, पत्रकार अमरेन्द्र यादवले यो देशमा मधेशी, जनजाती र खसबह्मान गरी तीन शक्तिको बराबरी संख्या रहेको छ । तर, ३० प्रतिशत खसबह्मानले नै ७० प्रतिशतमाथी सत्ताशासन र शोषण गरिरहेकोले यसलाई भत्काउंनकै निम्ति यो मधेश आन्दोलन जारी रहेको बताउंनुभयो । कार्यक्रम मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवका सभाध्यक्षतामा सम्पन्न भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्