रौतहटमा हत्तियर सहित मुखिया प्रहरीको हिरासतमा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर २४/लुटपाटमा संलग्न एक व्यक्तिलाई रौतहट प्रहरीले हतियारसहित पक्राउ गरेको छ । देबाही-मौलापुर बकैया पुलमा लुटपाट गर्न बसेका कर्कच कर्मैया-८ का रामानान्द मुखियालाई एकथान कटुवा पेस्तोलसहित पक्रेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए । प्रहरीका अनुसार मुखिया लुटेरा समुहका नाइके हुन् । मुखियाको समूहका अन्य तीनजना फरार छन् । कार चढेर मौलापुरबाट दिपही जाादै गरेका दिपही-३ का वैद्यनाथ चौधरी, राजेश कलवार, अनोठा कलवार, सन्तोषकुमार साह र सरमुजवा-६ का शिवपुजन यादवलाई मुखियाको टोलीले लुटपाट गर्न खोज्दा स्थानीयको सहयोगमा मौलापुर प्रहरी चौकीको टोली पक्राउ गरेको थियो । लुटपाटमा संलग्न कर्कच कर्मैया-८ का वली मुखिया, विजय मुखिया र अशोक मुखिया फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्