सिरहामा अज्ञात समुहद्धारा एक विघाको धानमा आगजनी
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम राम नारायण पंडित, सिरहा, १३ पौष ।सिरहामा अज्ञात समुहले एक विघाको धानमा आगजनी गरी नष्ट गरेका छन् । जिल्लाको नरहा ७ मा अज्ञात समुहद्धारा स्थानीय किसान भरोसी यादवको खेतमा काटेर राखिएको करीब विघाको धानमा आगजनी गरि नष्ट गरेका छन् । धान किन र को नष्ट गरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाए । पीडित यादबले धान करीव एक लाख वरावरको रहेको बताए । यादबले भने आफु यो धान दिनरात लोडसेडिंगको वेला पनि मोटरवाट पानी हाली कडा मिहनेत गरेर लगाएकोले आगजनी गरी नष्ट गरेको अब वर्षभरीको खाने अनाजको समस्या हुने दुखेसो सुनाए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्