जिप दुर्घटनामा चार जना घाइते,
Advertise Here Book Now

New York Accidentsऑनलाइन सिरहा डटकम पुष १४/सप्तरी जिल्लाको कंचनपुरमा सोमबार राती जिप दुर्घटनामा एकै परिवाका तिनसहित चार जना सामान्य घाइते भएका छन्। घाइते हुनेमा खोटाङ सावाकटहरे- ६ बस्ने ६७ वर्षका पुर्ण बिष्ट, ५० वर्षिया पत्नी तिर्थमाया बिष्ट, १६ वर्षकी छोरी कंचन बिष्ट र जिपका धनि उदयपुर गाईघाट बस्ने ६७ वर्षका धनप्रसाद चौधरी रहेका छन्। घाइतेहरुलाई सप्तरी ठेलियास्थित धर्मेश्वर अस्पताल पुर्‍याई उपचार गराईएको छ। पूर्वबाट पश्चिमतर्फ जादै गरेको स. १ च १०२१ नम्बरको बलेरो जिप राती साढे १२ बजेतिर कंचन-रुप नगरपालिका ११ बक्सा पुलस्थित सडकमा पल्टिएको हो। जिप चालक फरार रहेका छन्। त्यस्तै, सप्तरी जिल्लाको रुपनीमा सोमबार मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवान घाइते भएका छन्। शम्भुनाथ १ स्थित रुपनी चौकमा सोमबार दिउँसो दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा प्रहरी चौकी जानकीनगर सिरहामा कार्यरत प्रहरी जवान कैलास राउत गम्भिर घाइते भएका हुन्। घाइते प्रहरीको बिराटनगरमा उपचार भइरहेको छ। स. ६ प २३२७ नम्बरको मोटरसाइकलमा सवार राउतलाई पूर्वबाट पश्चिमतर्फ जानेक्रममा सोमबार दिउँसो बिपरित दिशाबाट आउदै गरेको स. ३ प ४४३८ नम्बरको मोटरसाइकलले रुपनीचोकमा ठक्कर दिएको थियो । दुबै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ। त्यसैगरी आज बिहान सप्तरीको कंचन-रुप नगरपालिका ५ स्थित कंचनपुर बजारमा रहेको दिपक सहनीको ईलेक्ट्रोनिक्स र कस्मेटिक पसलमा बिधुत लाईन सर्ट भएर आगलागी हुँदा दुबै पसलको सम्पुर्ण सामानहरु जलेका छन्। आगलागीका कारण सहनीको करिब ३५ लाख बराबरको क्षती भएको उनले बताए। सहनीको ईलेक्ट्रोनिक्स पसलमा बिहान करिब ४ बजेतिर अचानक बिधुत लाईन सर्ट भएर आगलागी हुँदा एकै घरमा रहेको दुई वटा पसल जलेको हो। आगो दमकल, प्रहरी र स्थानीय गाँउलेको सहयोगमा नियन्त्रणमा आएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्