“मधेश” आफैमा एउटा राष्ट्र हो – मातृका प्रसाद यादव, संयोजक नेकपा (माओवादी)
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पुष ४/० तपाईहरूको यो संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति आन्दोलनमा कसरी सक्रिय छ ?
० तपाईहरू छुट्टै आन्दोलन गरिराख्नु भएको छ, मोर्चासँग कुनै किसिमको सहकार्य छैन ?
— हामीले छुट्टै आन्दोलन गर्दा पनि यो आन्दोलनले मोर्चालाई सहयोग भइरहेको छ । अहिले चित्त नबुझे पनि आम मधेशीहरू आन्दोलित छन् र मोर्चाकै आन्दोलनलाई सहयोग पुगिरहेको छ । मोर्चाका नेताहरूले के बुझिदिनुप¥यो भने त्यहाँ हामी पनि छौं, मधेशी जनता पनि छन् । त्यसैले जनताको मागप्रति बेइमानी भयो भने राम्रो हुँदैन ।
० भनेपछि तपाईहरू एक किसिमले खबरदारी गरिराख्नुभएको छ ?
— खबरदारी पनि गरिरहेका छौं र हामी सहभागी पनि छौं । आन्दोलनलाई सशक्त बनाउँदै पनि लगेका छौं । गाउँ–गाउँमा गएर जनतालाई जगाएका छौं । गाउँ–गाउँमा आमसभा, कोणसभा, बैठकहरू गर्दै जनताको मागको बारेमा सोधिरहेका छौं । आम जनतालाई मधेशी मोर्चाका नेताहरूले अहिलेसम्म केही भनेकै छैनन् ।
० तपाईहरू मोर्चाले कहाँनेर गएर गल्ती गर्छ भनेर नियालिरहनु भएको छ । अहिलेसम्म तपाईले मोर्चाको त्रृटि के फेला पार्नुभयो ?
— मधेश के हो भनेर नै उनीहरू स्पष्ट छैनन् । मधेशको समस्या भौगोलिक हो कि क्षेत्रीय हो कि वर्गीय हो भनेर । हामीले के बुझेका छौं भने मधेश आफैंमा एउटा राष्ट्र हो र मधेशको समस्या राष्ट्रिय उत्पीडनको समस्या हो । गोर्खाली साम्राज्यवादबाट जुन उपनिवेशिक शासन लादिएको छ र उपनिवेशिक शोषण, दमन, अन्याय र अत्याचार छ मधेशमाथि त्यसबाट मधेशी जनताले मुक्ति पाउनुपर्छ । तर, यो मोर्चाहरू गोर्खाली साम्राज्यवादी उपनिवेश अन्तर्गतमा नै सामान्य सुधार गरेर मधेशी जनतालाई पहाडी शासकहरूले नलुटुन् हामीले लुट्न पाऊँ भन्ने किसिमको काम गरिरहेका छन् । एउटा त बुझाईमा नै समस्या छ । जनताको मुक्ति दिलाउने कि जनतामाथि शासन गर्ने भन्नेमा नै उनीहरू दोधारमा छन् । हाम्रो भनाई के हो भने मधेश एउटा राष्ट्र हो । समग्र मधेश एक प्रदेश हुनुप¥यो, मधेशलाई आत्मनिर्णयको अधिकार हुहनुप¥यो, स्वायत्त शासन हुनुप¥यो, राज्यको सम्पूर्ण निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुनुप¥यो । शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी हुनुप¥यो र समान मताधिकार हुनुप¥यो । अर्को हाम्रो एउटा थप माग के रहेको छ भने मधेशमा पहाडका मानिसहरूको जसरी तीव्र गतिमा बसाईसराई भइरहेको छ यसले मधेशको अस्तित्व नै मेटाउने किसिमले भइरहेको छ । मधेशलाई ध्वस्त गर्ने षड्यन्त्र गोर्खाली शासकहरूबाट भइरहेको छ त्यसलाई रोक्न पनि पहाडबाट र बाहिरबाट हुने बसाईसराई रोक्नुपर्छ ।
० मधेशी मोर्चाको माग र तपाइँहरूको मागमा के भिन्नता छ ?
— संयुक्त लोकतान्त्रिक मधेश मोर्चाले अहिले जुन मागहरू उठाइरहेको छ त्यो मधेशको लागि घातक हुन्छ । मधेशको राष्ट्रियता र पहिचानलाई भत्काउनु हुँदैन । अहिले यिनीहरू तोड्न स्वीकार गरिसकेका छन् । जस्तै दुई मधेश प्रदेश, कसैले तीन प्रदेश भनिरहेका छन् । त्यो एकदम घातक कुरा हो ।
० तपाईको विचारमा मधेशमा एक प्रदेश मात्र हुनुप¥यो ?
— यो हाम्रो मात्र नभएर आम जनताको विचार हो । पहिलेदेखि नै मधेश आन्दोलनको त्यो माग हो । आफ्नो माग नै छोड्ने प्रविधि छ हामीकोमा । नेताहरू आफ्नो अनुकुलता, कसैको दबाबमा आफ्नो माग नै छाड्छन् यो खतरा हो ।
० यो आन्दोलनमा मधेशमा अहिलेसम्म ५० भन्दा बढीको मृत्यु भइसकेको छ, मधेशीको एजेन्डाहरू सम्बोधन हुने सम्भावना देख्नुहुन्छ ?
— गोर्खाली शासकहरू मधेशीहरूलाई धकेल्दै गएका छन् । मधेशी मोर्चाका नेताहरू बहादुरीका साथ पछाडि हट्दैछन् । कुरा ठूला–ठूला गर्ने, भाषण गर्दा जनताको एकदम मन छुने गरी गर्ने तर यी गोर्खाली शासकहरूको अगाडि आएर मुसा जस्तो हुने प्रवृत्ति देखिएको छ यस्तै हो भने यो ५० जनाको शहादत्त पनि काम लाग्नेवाला छैन ।
० तर, पछाडि हटेको देखिदैन नि ?
— आम जनताले देखिसकेका छन् । जुन संविधान जलाइयो त्यहींअन्तर्गत भएको चुनावमा भोट हाल्न गए । ओलीलाई भोट हाल्नेहरू मन्त्री भए सुशीलले जितेको भए के हुन्थ्यो, त्यो विचार गरौं न । यदि सुशीलले जितेको भए त मधेशी मोर्चाका नेताहरू सबै मन्त्री हुन्थे नि ।
० त्यस्तो भएको भए त अहिलेसम्मको आन्दोलन त्यतिकै तुहिन्थ्यो ?
— आन्दोलन त त्यतिकै तुहिन्थ्यो नि । फेरि के भन्छन् त्यहाँ सरकारमा गएर हामी आन्दोलन गछौं । माओवादी आन्दोलनकै सिको गर्ने त हुन् नि । सदन, सडक र सरकार जहाँ भएपनि आन्दोलन जारी रहन्छ रे । सरकारमा बसेर सरकारको विरोध गर्न पाइन्छ त ?
० उनीहरूको भनाई छ कि हामी त आन्दोलन गरिरहेका छौं तर यी ठूला तिन दलले दिँदैनन् अब के गर्ने भनेर एक किसिमको निरीहता पनि देखाइरहेका छन् नि ?
— दिँदैन भने त लिनुप¥यो नि । ३० वर्षसम्म पंचायती व्यवस्थाको विरूद्ध जनता लडे कि लडेनन् । प्रतिगमनको विरूद्धमा देउवा र माधव नेपालले जस्तो सबैजनाले गरेको भए राजतन्त्र हट्थ्यो त ? राजा ज्ञानेन्द्रको शासन खत्तम हुन्थ्यो त ?
० अब मधेशका एजेन्डा पुरा गराउन के गर्नुप¥यो त ?
— जनता अझै पनि तयार छन् । नेताहरू तयार छैनन् योजना छैन । सबै शक्तिहरू एक ठाउँमा बस्नुप¥यो, छलफल गर्नुप¥यो एउटा एजेन्डा बनाउनुप¥यो एउटै नारा बनाउनुप¥यो एउटै योजना अनुसारको संघर्ष गर्नुप¥यो त्यसपछि गोर्खाली शासकहरू घुँडा टेकिहाल्छ नि ।
० मधेशी जनताले अहिले पनि कतै न कतै शंका गरिरहेका छन् नेतृत्वप्रति ?
— मधेशी जनतामा शंका पनि छ । मधेशी जनताले राष्ट्रिय शक्तिहरूलाई नै स्थापित गर्न खोज्छन्, दलाललाई नै स्थापित गर्छन् । साँच्चै मधेशी जनताको प्रतिनिधिलाई जनताले पनि राम्रोसँग बुझेका छैनन् अब धेरै ठक्कर खाए पनि बुझ्लान् ।
० मधेशी जनतासँग विकल्प पनि छैन नि ?
— विकल्प देखाउनुप¥यो ।
० २०६२÷२०६३ को आन्दोलनबाट थुप्रै नेतृत्वहरू जन्मिए मधेशमा तर यो आन्दोलनबाट नेतृत्व जन्मिएनन् त्यसको मुख्य कारण के देख्नुहुन्छ ?
— नेता जन्मियो नेतृत्व जन्मिएको छैन । नेता त यसपालि पनि देखा परे । अहिले त जो पनि नेता गाउँमा पनि लुट्ने नेता, जिल्ला, केन्द्रमा पनि बसेर लुट्ने । लुटेराहरूको जनतालाई बोझ भइरहेको छ । पहिले राजतन्त्र हुँद एउटा परिवारले लुट्थ्यो त्यसपछि कांग्रेस, एमाले, एमाओवादीले लुट्न थाले अहिले मधेशवादीले लुट्न थाले । मतलब जहिले पनि लुटेराहरू कै संख्या बढ्यो जनताको सेवकको संख्या बढेको छैन ।
० मेधश केन्द्रित दलका नेताहरूले हामीले विगतमा यो यो गल्ती ग¥यौं र यसको हामी प्राश्चित गछौं भनेर मधेश आन्दोलनको सुरूवात गरेको भए सायद यो आन्दोलनले मूर्त रूप लिन्थ्यो जस्तो लाग्छ ?
— पहिले त यिनीहरूसँग एजेन्डा नै छैन नि । अहिले पछिल्लो समयमा पेश गरेको ११ बुँदे जस्तो एजेन्डाले त मधेशलाई बर्बाद गर्ने न हो ।
० त्यसो भए एजेन्डा नै गलत भयो त ?
— गलत त भयो नि । सही एजेन्डा राख्नसक्नु प¥यो । आफ्नो एजेन्डामा अडिग नहुने माग छोड्दै जाने अनि कसरी एजेन्डा पुरा हुन्छ त ।
० जसरी सुरूमा आफ्नो एजेन्डाबाट पछि हट्यो त्यसकै परिणामस्वरूप अहिलेसम्म मधेशीहरूले दुःख पाइरहेका छन् ?
— त्यो पनि हो । अर्को कुरा जुन प्रकारले यिनीहरू पद र पैसाको लागि ¥याल चुहाए अनि एक एक गरी गोर्खाली शासकहरूले यिनीहरूको हैसियत र मुल्य बुझेका छन् । नेतृत्व पनि यिनीहरूकै हातमा छ । त्यसैले उनीहरूलाई थाहा छ कि यो आन्दोलन धेरै दिन जाँदैन । यिनीहरूलाई पद र पैसामा लोभ्याइदिने जनता थाक्छन् । मधेशमा जस्तो पीडा कहि पनि छैन मधेशी जनता अधिकारका लागि जस्तोसुकै पीडा भोग्न तयार छन् ।
० अब निकाश के हो त ?
— निकाश भनेको मधेशी जनताको सम्मान गर्नु हो । मधेशी जनतामा वर्गीय, जातीय, राष्ट्रिय, लैङ्गिक, सामाजिक उत्पीडन व्याप्त छ यसको अन्त्य हुनुपर्छ । मधेशमा गोर्खालीहरूको साम्राज्यवादी उपनिवेशिकरण छ त्यसको अन्त्य हुनुप¥यो । नेपाल सबैको साझा बनाउनुप¥यो । साझा नेपाल यदि बनेन र मधेशी जनताको धैर्यताको बाँध टुट्यो भने त्यो अर्कै किसिमको इतिहास बन्न पनि सक्छ ।
— खास गरेर यो आन्दोलन समिति हामीले २०७१ साल कात्तिकमा नै बनाएका हौं । योभन्दा पहिले तीन चोटि हामीले झापादेखि कपिलवस्तुसम्म घुमेका थियौं र जनताको भावना बुझ्ने राजनीतिकर्मीहरूसँग छलफल गर्ने गरेर आन्दोलनको विकल्प छैन भन्ने निचोड निकाल्यौं । हाम्रो पहिलेदेखि कै धारणा थियो कि यो दोस्रो संविधानसभाको निर्वाचन जबदेखि भयो त्योभन्दा पहिलेदेखि नै हामीले आम जनतामा भनेका थियौं कि यो संविधानसभाबाट जनताको संविधान लेखिदैन बरू प्रतिक्रान्तिलाई व्यवस्थित गर्ने काम मात्र गर्छ त्यसैले जनताको पनि अभिमत लिँदै हामीले यो समिति बनाएका हौं । यो समिति मार्फत हामीले जनतालाई सचेत बनाउने, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको गलत रवैयाहरूको भण्डाफोर गर्ने, उनीहरूले आन्दोलनमा जुन चरित्रहरू देखाइरहेको छ त्यसका लागि खबरदारी गर्ने र जनतालाई सचेत बनाउने काम हामीले गरिरहेका छौं । हाम्रै कारणले यो आन्दोलन अलि जुझारू बनेको छ ।