दस दिनमा मधेसको समस्या टुंगिन्छ नाका पनि खुल्छ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष १५/रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समस्या १० दिनमा टुंगिने दाबी गरेका छन् । गृहजिल्ला झापा जाने क्रममा बुधबार अपरान्ह बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रम ओलीले मधेस आन्दोलन र भारतको नाकाबन्दी टुंगिने मिति नै तोकेका हुन् । अहिलेको समस्या १० दिनभित्र समाधान हुन्छ । भारतीय नाकाबन्दी पनि खुल्छ उनले भने १० दिनभित्र सबै समस्या समाधान भइसक्छ ।प्रम ओलीले मधेसी मोर्चासँग औपचारिक र अनौपचारिक वार्ता जारी रहेकाले सबै समस्या एकसाथ टुंगिनेमा विश्वस्त हुन आग्रह गरे ।सञ्चारकर्मीले मन्त्रालय फुटाएको फरक प्रसंगमा सोधेको प्रश्नमा आफूले सरकार टिकाउन मन्त्रालय नफुटाएको जिकिर गरे ।सञ्चारकर्मीले भारतबारे सोधेको प्रश्नमा भने प्रम ओली बोल्न चाहेनन् । म अहिले भारतबारेमा कुनै टिप्पणी गर्दिनँ उनले भने । नाकाबन्दीपछि देशमा भइरहेको तस्करीबारे आफू गम्भीर भएको बताउँदै तस्करीमा संलग्नलाई सरकारले कारबाही गर्ने बताए । तस्करहरुलाई कारबाही गर्छौं उनले भने ‘यो समस्या लामो समय जाँदैन ।काठमाडौंबाट झापा हिँडेका प्रधानमन्त्री बुधबार राति सुनसरीको इटहरीमा बस्ने कार्यक्रम रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्