मधेश आन्दोलनको विजभूमी लहानको आन्दोलन कता जादैंछ ? एमालेका सत्यानारायण पनि सक्रिय, डा.महादेव साह पनि घुसियो
Advertise Here Book Now

       
ऑनलाइन सिरहा डटकम लहान, २७ मंसिर । मधेश आन्दोलनको विजभूमी लहानको आन्दोलन मोर्चाबीचको कलहको कारण दिनदिनै कमजोर हुंदै गएको छ । विगतमा लहान आन्दोलनले देशमा संघीयता र अधिकारको बहस व्यापक रुपमा चलाएपछि आज देश संघीय राज्यमा आएको छ । तर, सिमांकनसहितको मधेश आन्दोलनलाई कडा रुपमा चलाउंन नसकेको कारण लहानमा आन्दोलनकारीहरु समितिमा बस्न र  यान्त्रिक चलखेल गर्न आन्दोलनलाई कमजोर पार्दै आएको ठहर गरेको छ । केही नेताले आन्दोलन गर्नु भन्दा जातीय समिकरणलाई जोड दिंदै कार्यक्रमहरु संचालन गर्दै आएको छ भने मधेशवादी बाहेक अन्य दलबाट आएका केही आन्दोलनकारीमाथी आशंका गरिएको छ । सोहीक्रममा मंसिर २५ गते गरिएको नागरिक संवाद कार्यक्रममा एकतर्फी आफ्ना मान्छेलाई आसन ग्रहण र मधेशप्रति स्पष्ट धारणा नदिएको कारण फोरम नेपालका सिरहा क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष रामचरित्र महतोलगायतले यसको भोली पल्ट अलगै संघर्ष समिति निर्माण गरेको छ । मंसिर २६ गते कृष्णबहादुरकै नेतृत्वमा गठन भएको समितिमा एमालेका सत्यनारायण यादवलगायतको नाम नराखिएको कारण सांझ विवाद भएको छ । सत्यनारायण यादव पनि स्पष्ट धारमा नआएको तथा मधेशवादी दलमा समावेश नभएको भन्दै केही आन्दोलनकारीले उनीमाथी आशंका गदै आएको छ । उता, आम नागरिक समाज खोलेर बौद्धिकता देखाउंदै आएका डा.महादेव साहलगायतका टिमले तमसपा पार्टीमा प्रवेश गरी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध भएका छन् । डा.साह ६ महिना नपुग्दै पार्टी परिवर्तन गर्दै आफ्नो बौद्धिकतालाई तिर्खादैं आइरहेका छन् । गठन भएको नयां समितिले आज लहानमा १ सय १ मैनबत्ती बालेर सहिदलाई सम्झदै कार्यक्रम सम्पन्न गरेको छ । उता, सिरहाको माडरमा आज बिरोध जुलुस निकालेका छन् । उक्त जुलुस माडरको बिभिन्न भागको परिक्रमा गर्दै माडरको खैरटोका भन्सार हुदै लचकाटोलको नाकामा पुगी कोणसभामा परिणत भएको थियो । बिरोध जुलुसमा कालो झण्डा लिई हजारौको संख्यामा जनसमुदायको सहभागीता रहेको थियो ।  

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्