आइएस र दाउदका एजेन्ट नेपालमा ?
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम opमंसिर २९ / पेरिस आक्रमणपछि मुस्लिम
अतिवादी संगठन आईएस (इस्लामिक
स्टेट) पश्चिमी देशका लागि नयाँ
आतंक बन्दै गएको छ । इराक र सिरियाका
केही भूभाग कब्जामा लिएर आफ्नो
गतिविधि विस्तार गर्दै आएको यो समूहले विश्वकै
धेरै देशलाई तनाव दिइरहेको छ । दक्षिण एसियामा
आइएसको थ्रेट बढ्दै गएको छ । बंगलादेशमा चार
जनाको आईएसबाट हत्या भइसकेका छन् भने
भारतमा आइएससँग आबद्ध व्यक्तिहरु
पटकपटक पक्राउ पर्दै आएका छन् ।
छिमेकी भारतमा मात्र होइन, नेपालमा
पनि आइएसविरुद्द सतर्कता अपनाइएको छ ।
नेपालमा आइएसबाट कुनै थ्रेट नभए पनि नेपालाई
सेल्टर बनाउन सक्ने आशंकामा गृह मन्त्रालयले
विशेष सतर्कता अपनाउन नेपाल
प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग
र अध्यागमन विभागलाई निर्देशन दिएको छ ।
आईएसकै बढ्दो गतिविधिका कारण अध्यागमन
विभागले सिरियाका नागरिकलाई भिजिट भिसा नदिने
प्रस्ताव अघि बढाएको छ ।
उच्च सुरक्षा स्रोतका अनुसार भारतले पनि
पछिल्लो समय दाउद इ्रब्राहिमसँगै आईएसमा
संलग्न व्यक्तिहरुको बारेमा बारम्बार सूचना
नेपालका सुरक्षा अधिकारीलाई दिएर
निगरानी गर्न आग्रह गर्दै आएको
छ ।