Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष ५/भूकम्पका कारण घर भत्किएको लामो समयसम्म पुनःनिर्माण नहुँदा भूकम्पपीडित जाडोको समयमा अझै पनि टहरामै बस्न बाध्य भएको भन्दै जतिसक्दो चाँडो पुनःनिर्माण कार्यलाई अगाडि बढाउन आग्रह गरिएको छ ।
नेपाल संरक्षण अभियानले सञ्चालन गरेको महत्वपूर्ण राजनीतिक अभियानको शनिबार उद्घाटनका क्रममा वक्ताहरूले विनाशकारी भूकम्पले तहसनहस भएका जनतालाई गास, बास र कपासको व्यवस्था गर्न जोडदार माग गरे ।
समाजसेवी मानव सेवकले अहिलेका राजनीतिक पार्टी र पार्टीका नेता मुलुक निर्माणभन्दा पनि व्यक्तिगत र पार्टीगत स्वार्थमा केन्द्रित भएको अवस्थामा सबैलाई समेटेर लैजाने राजनेताको आवश्यता औँल्याए । संविधान निर्माण भइसकेको अवस्थामा त्यसको कार्यान्वयनसँगै सबै नेपाली एकजुट भएर मुलुकलाई आर्थिक र सामाजिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
नेपाल संरक्षण अभियानका संयोजक विष्णुप्रसाद शर्माले भूकम्प, बन्द, हडताल र नाकाबन्दीबाट मुलुक सङ्कटमा परेको अवस्थामा सबै नेपाली मिलेर त्यसको सामना गर्नुपर्ने बताए । अभियानले विभिन्न क्षेत्रबाट मुलुक निर्माणमा योगदान पु¥याउने करिव दुई दर्जन ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्