रौतहटमा मोटरसाइकलमा पनि प्रतिबन्ध
Advertise Here Book Now

Image result for photo of motorcycleऑनलाइन सिरहा डटकम पुष ४/संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एवं राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन रौतहटले भोली शनिबारदेखि मोटरसाइकलसहित विभिन्न सवारीसाधनको आवागमनमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

१ सय २५ दिनदेखि आन्दोलन जारी रहँदा समेत सरकारले कुनै वास्ता नगरेको हुँदा अन्तिम धक्काका लागि सशक्त रुपमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको जिल्ला संयोजक रामनिवास राय यादवले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् । आन्दोलनको मौका छोपेर पेट्रोलियम पदार्थ लगायत खाद्यान्न सामग्री तस्करी तीव्र रुपमा बढेको कारण नियन्त्रण गर्नका लागि मोटर साइकलमा पनि प्रतिबन्ध लगाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पुर्व घोषित कार्यक्रमलाइ सफल बनाई दिनका लागि सम्पूर्ण उद्योगी, व्यापारी, शिक्षक, नागरिक समाज, युवा तथा सञ्चारकर्मीहरुसँग मोर्चाले आग्रह गरेको छ । संयोजक यादवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बन्दको अवज्ञा गरेमा सवारी साधनमा हुने क्षतिको जिम्मेवार स्वयम् अवज्ञाकर्ताहरु नै हुनेछ ।
अधिकारको लडार्इँमा सहभागी भइ आन्दोलन सफल बनाउनुको साटो खसवादी शासक वर्गलाई समान दुवानी गरि पुर्याउनेलाइ कारवाही गर्न मोर्चाले आग्रह गरेका छन् । सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्था, कलकारखाना, उद्योग, बजार, पसल, यातायात पूर्ण रुपमा बन्द गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्