सुरक्षा गार्डको डरले प्रयोग नगरेको आफ्नै निवासको त्यों एक नम्बर गेट
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर १९/शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सवा छ बज्दै थियो । कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको बैठक चलिरहेका बेला बैठक हलको मुल ढोकाबाट प्रधानमन्त्री केपी ओली फुत्त निस्कनु भो । उहाँलाई देखेपछि सुरक्षाकर्मीहरू नजिकै पुगे । प्रधानमन्त्रीले केही निर्देशन दिनुभयो ।
लगत्तै सुरक्षाकर्मीले कतै जानको लागि हतारहतार तयारी गरे । पाँच मिनटभित्र स्कर्टिङ र प्रधानमन्त्री ओली चढ्ने गाडी नजिकै आइपुग्यो । ओली आफ्नो गाडीमा चढ्नु भयो । ओली चढ्नेवित्तिकै उहाँलाई स्कर्टिङ गर्ने र बाटो देखाउन सबैभन्दा अगाडि चल्ने गाडीहरू तीन नम्वर गेटतर्फ हुइँकिए । यो देखेपछि सबै चकित परे । किन भने प्रधानमन्त्रीका लागि नजिकैको एक नम्बर गेट बनाइएको छ ।
प्रधानमन्त्री निवासभित्र प्रवेश गर्न दुई वटा गेट छन् । तीन नम्बरबाट सर्वसाधारणका लागि छुट्याइएको छ भने एक नम्बर गेट प्रधानमन्त्री र भीभीआइपीको लागि हो ।
तर अचम्मको कुरा प्रधानमन्त्री ओलीले भीभीआइपीका लागि बनाइएको यो गेट अहिलेसम्म प्रयोग गर्नुभएको छैन । त्यो गेटतर्फ ओलीले कहिल्यै राम्रो नजरले हेर्नु हुन्न ।
यो एक नम्बर गेटबाट पूर्वप्रधानमन्त्री, बहालवाला मन्त्री, राजदूत र भीभीआइपीका लागि मात्रै प्रयोग हुने गरेको छ । तर अहिले कसैका लागि प्रयोग हुँदैन । ताला लगाएर राखिएको छ ।
यो एक नम्बर गेटमा ताला लाग्नुको कारण खोज्दै जाँदा अचम्मको रहस्या पत्ता लाग्यो ।
एमालेका तत्कालीन अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री झलनाथ खनालको पालमा बालुवाटारमा राखिएको पार्टीको बैठकमा सहभागी हुन ओली आउनु भएको थियो । संयोगवस ओली लाजिम्पाट हुँदै आउने क्रममा एक नम्बर गेटमा आइपुग्नु भयो । सोही एक नम्बर गेटबाट भित्र प्रवेश गर्न ओलीको गाडी तेर्छियो । तर सुरक्षाकर्मीले ‘यहाँबाट प्रवेश गर्न दिन मिल्दैन’भन्दै अबरोध गरे । लगत्तै ओली आफ्नो गाडीबाट बाहिर निस्कनु भयो । उहाँले खनाललाई फोन गर्नु भयो । तर एक नम्बर गेट प्रयोग नगर्न खनालबाटै आग्रह आएपछि ओली चकित पर्नुभयो ।
kp-oli-1ओली चढ्नेवित्तिकै उहाँलाई स्कर्टिङ गर्ने र बाटो देखाउन सबैभन्दा अगाडि चल्ने गाडीहरू तीन नम्वर गेटतर्फ हुइँकिए । यो देखेपछि सबै चकित परे । किन भने प्रधानमन्त्रीका लागि नजिकैको एक नम्बर गेट बनाइएको छ ।
लगत्तै फोन काटेर ओली आफ्नो निजी निवास भक्तपुरको बालकोटतर्फ हानिनु भो । बालकोटतर्फ लाग्नुअघि त्यही एक नम्बर गेटमा ओलीले भन्नुभएको थियो, ‘मैले यो एक नम्बर गेट बन्द गरिदिन्छु । यो एक नम्बर गेटबाट कहिल्यै प्रवेश गर्दिन । र प्रवेश गर्न पनि दिन्न ।’
त्यसपछि झलनाथ खनाल प्रधानमन्त्री हुँदासम्म ओली बालुवाटार प्रवेश पनि गर्नुभएन । खनालको कार्यकाल सक्किएपछि अरु बेला बालुवाटार प्रवेश गरे पनि ओलीले जहिले पनि तीन नम्बर गेट नै प्रयोग गर्नुभयो । र अहिले प्रधानमन्त्री हुँदा पनि ओलीले तीन नम्बर गेट प्रयोग गर्दै आउनु भएको छ । सुरक्षाकर्मीले पनि तीन नम्बर गेटमा अलि धेरै सुरक्षा व्यवस्था अपनाएका छन् ।
राजनीतिक रुपमा दृढ अडान लिन सक्ने ओली संयोगले अहिले एमालेको अध्यक्ष र मुलुकको प्रधानमन्त्री हुनुहुन्छ । उहाँ अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय असहज परिस्थितिबाट गुज्रिरहनु भएको छ । सबैको सामना गर्दै ओलीले मुलुकलाई एकठाउँमा ल्याने प्रयास गर्दै हुनुहुन्छ ।
यो घटनाले के देखाएको छ भने ओलीलाई कुनै विषयले छोयो वा अपमान भयो भने त्यसलाई धैर्य गरेर कुनैन कुनै समयमा देखाइदिनुहुन्छ । ढिलो चाँढो अवश्य हुनसक्छ ।
त्यो सानो घटनालाई ठूलो इगो बनाउनु भएका ओलीले एक नम्बर गेट शुक्रबार साँझ प्रयोग नगरेको देख्दा सबै पत्रकारहरू अचम्म परे । तर त्यसको यथार्थता बुझ्दा सबै चकित परेका थिए ।
केही दिनअघि पनि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई बालुवाटार प्रवेश गर्न सही एक नम्बर गेटको प्रयोग गर्न खोज्नु भएको थियो । तर उहाँलाई के थाहा थिएन भने प्रधानमन्त्री ओलीले त्यो एक नम्बर गेट आफ्नो कार्यकालभरिका लागि बन्द गरिदिनुभएको छ भन्ने । सस्तो लोकप्रियता र चर्चा खोज्ने बाबुरामले आफू नजिकका केही सञ्चारमाध्यमलाई फोन गरेर ‘ओलीले मलाई एक नम्बर गेट प्रयोग गर्न दिएनन्’ भनेर समाचार लेख्न लगाउनु भयो ।
आफैले प्रयोग नगर्ने र आफैले ताला लगाउन निर्देशन दिएको एक नम्बर गेट ओलीले बाबुरामलाई किन प्रयोग गर्न दिनु हुन्थ्यो ?

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्