सरकारलाई उपेन्द्र यादवको कडा चेतावनी
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष १३/संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं मधेसी मोर्चाका नेता उपेन्द्र यादवले हिजो विराटनगरस्थित जोगवनी नाकामा भएको घटनाको भर्त्सना गर्नुभएको छ । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारी दमनको विरोध गर्नुभयो । सरकारले दमन गरेर वार्ता विथोल्न खोज्यो, हामी वार्ताबाट समाधान खोज्दै छौं उहाँले भन्नुभयो– आन्दोलनमा दमन नगर्न म सरकारलाई सचेत गराउन चाहन्छौं । उहाँले अब पनि दमन नरोके वार्ता बहिष्कार गरेर नाका पूर्ण रुपमा ठप्प पार्ने चेतावनी दिनुभयो । यस्तै चलिरहने हो भने वार्तामा बस्ने वातावरण रहँदैन् । हामी तराई झर्छाै आन्दोलन सशक्त पार्छाै । नाकाबाट एक दानो पनि छिर्न दिँदैनौं चेतावनी दिँदै यादवले भन्नुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्