प्रहरी दमन विरुद्ध लहानमा प्रदर्शन
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता लहान, ८ पुस । मधेश आन्दोलनमा बढ्दो प्रहरी दमन र सिमांकनका साथै रौतहटको गौरमा आइतबार प्रहरीले गोली प्रहार गरी विद्यार्थी तबरेज आलमको हत्या गरेको भन्दै उक्त घटनाको विरोधमा लाहानमा विद्यार्थीहरुले शोक जुलुस प्रदर्शन गरेका छन् ।
लहानका सामुदायिक र संस्थागत विद्यार्थीले मधेश आन्दोलनकारी र विद्यार्थीमाथि हत्या हिंसा बन्द गर, प्रहरी दमन बन्द गर जस्ता चर्का नारा लगाएका थिए । जुलुसमा सहभागी विद्यार्थीहरु ईलाका प्रहरी कार्यालय लहानको मुल गेट अगाडि विद्यार्थी मंचका सिरहा अध्यक्ष विजय यादवलाई रिहा गर भन्दै नाराबाजीसमेत गरेका थिए । जुलस लाहान नगर परिक्रमा पश्चात सहिद रमेश चौकमा आएर शोकसभामा परिणत भएको थियो । कोणसभामा विद्यार्थी नेताहरुले मन्तव्य राखेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्