सरकारले पहिलो पटक हाम्रा मागलाई स्वीकार गरेको छ : अध्यक्ष महतो
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष ७/सद्भावना पार्टीका अध्यक्ष एवम् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोले सरकारले औपचारिक रुपमा आफूले उठाएका माग स्वीकार गरेको भन्दै वार्तालाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ । वीरगञ्जमा रहनुभएका अध्यक्ष महताले आज बिहान दैनिक नेपाल डटकमसँग कुरागर्दै पछिल्लो पटक देखिएको राजनीतिक सम्वाद र वार्ताले केही हदसम्म सकारात्मक संकेत गरेको बताउनुभयो । ‘सरकारले हिजोसम्म स्वीकार नगरेको विषयलाई अहिले स्वीकार गर्नु सकारात्मक हो’, उहाँले भन्नुभयो, ‘सीमाङ्कन, नागरिकतासहितका विषयलाई प्याकेजमा सहमति भइ संविधान संशोधन भए तराई मधेसको आन्दोलन रोकिन्छ । होइन भने आन्दोलन जारी रहन्छ ।’ भारतको बिदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तलाई सकारात्मक रहेको बताउनुभएका अध्यक्ष महताले भन्नुभयो, ‘सरकारले निर्णय गरेको तीन बुँदे निर्णयको भारतले स्वागत गर्नु सकारात्मक हो । त्यसलाई छिमेकी राष्ट्रले देखाएको चासोलाई अन्यथा लिनु हुँदैन ।’ सरकारले आइतबार राति जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र बनाउने, सीमाङ्कन राजनीतिक सहमतिमा टुङ्गो लगाउनेलगायतका तीन बुँदे निर्णय गरेपछि मधेस आन्दोलनको सफेल ल्यान्डिङको तयारी भएको छ । बिगत चार महिनादेखि आन्दोलन गरिरहेको मधेसी मोर्चाले तीन दिनयता आफ्नो आन्दोलनलाई फेरि चर्काउने प्रयास गरेको छ । आन्दोलनकै क्रममा आइतबार रौतहटको गौरमा एक जना आन्दोलनकारीको मृत्यु भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्