प्रचण्डलाई उपेन्द्रको प्रश्न–राजेन्द्र महतोलाई घाइते बनाएर वार्ता हुन्छ ?
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष १२/संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता राजेन्द्र महतो गम्भीर घाइते भएपछि त्रिपक्षी वार्तामा मोर्चाले प्रचण्डलाई घाइते बनाएर कस्तो वार्ता गर्न खाजेको भन्दै प्रश्न गरेको छ । कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा भएको त्रिपक्षीय वार्तामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रचण्डलाई प्रश्न गर्दै भनेका थिए–प्रचण्डजी वार्ता गर्ने तरिका यही हो ? हामी लचिलो भएर वार्ता गर्ने राजेन्द्र महतोजी लगायतलाई मरणासन्न हुने गरी घाइते बनाउने ?’ सभापति कोइरालाले वार्तामा बोलाएर शीर्ष नेतालाई घाइते बनाउने कार्य गलत भएको भन्दै मोर्चाको समर्थन गरेको, बैठकमा सहभागी एक नेताले बताए । उनले भने,‘वार्तामा सीमाकंन भन्दा पनि राजेन्द्र महतो घाइते भएको विषयमा भनाभन भयो, वार्तामा सकारात्मक भएको बेला सरकारले बल प्रयोग गरेपछि वातावरण झन विथोलियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्