सिरहामा विरोध सभा सम्पन्न ।
Advertise Here Book Now



राम नारायण पंडित,

सिरहा, २० मंसिर । सिरहाको कल्याणपुरमा आज विरोध सभा सम्पन्न भएको भएको छ । संयुक्त मधेशी मोर्चा सिरहाको आयोजनामा आज (आइतबार) भएको विरोध सभामा करीब ४ महिना देखि तराई मधेशमा आन्दोलन जारी रहेपनि सरकारले मधेशको माँग सम्बोधन गर्न गम्भिर नभएकोले मोर्चाका नेता तथा कार्यकर्ताहरुले सरकारको रबैया प्रति आक्रोश व्यक्त गरेका थिए ।


कार्यक्रममा बोल्ने नेता तथा कार्यकर्ताहरुले अब राजमार्ग र सिमानाकामा पुर्ण रुपमा केन्द्रित गरि राजमार्ग ठप्प गर्ने योजना रहेकोले त्यसको लागि थप गृहकार्य भइरहेको दाबी गरे । संघिय समाजबादी फोरम नेपालका केन्द्रिय कोषाध्यक्ष बिजय यादबको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा तमलोपाका केन्द्रिय सदस्य सुरेश मंडल, तमसपाका महासचिब राम कुमार मंडल, संघय समाजबादी फोरम नेपालके सांसद डा. बिरेन्द्र महतो लगायत हजारौको संख्यामा मोर्चाका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको फोरमका सिरहा सदस्य राम दयाल यादबले बताए । यसअघि मोर्चाले सिरहाको बिभिन्न स्थानमा बिरोध सभाको आयोजना गरिसकेका छन् ।

मोर्चाले मंसिर १५ गते लहान, १६ गते सोनबर्षा, १७ गते सिरहाको हेमनारायण चौक, १८ गते सुखिपुर बजार, १९ गते मिर्चैया र आज कल्याणपुरमा बिरोध सभा गरेका छन् । मधेशको माँग सम्बोधन गराउनका लागि सरकारलाई थप दबाब दिने उद्येश्यले मोर्चाले दवाब मुलक कार्यक्रम गर्दै आएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्