मधेस आन्दोलन पछि पहिलो पटक तराई जाँदै प्रधानमन्त्री ओली
Advertise Here Book Now



चितवन, २१ मङ्सिर । मधेस आन्दोलन पछि प्रधानमन्त्री बनेका केपी शर्मा ओली पहिलो पटक चितवन जाँदै हुनुहुन्छ ।

संविधान जारी भएपछिको पार्टीको रणनीति तय गर्न नेकपा एमालेको अगुवा कार्यकर्ताहरुको भेला आजदेखि सुरु हुने अवसरमा तीनवटा कार्यपत्र पेश हुने छन् ।

विशेष गरी तराई मधेस केन्द्रित अभियान संचालन गर्न आज र भोलिका लागि एमालेले भेलाको आयोजना गरेको हो ।

मुख्यतय भेलामा संविधानका बारेमा अहिलेसम्म विस्तृत जानकारी गराउन नसकेर भ्रम परेको भन्दै त्यसलाई चिर्ने गरी अभियान थाल्ने उद्देश्य भेलाको रहेको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

तराइ मधेसको आन्दोलनका कारण त्यस क्षेत्रमा संविधानको गलत प्रचार भएकाले पनि अभियान थाल्न लागिएको एमालेको भनाइ छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्