ताजकिस्तानमा ७.२ रेक्टर स्केलको भूकम्प
Advertise Here Book Now

काठमाडौं- ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ताजकिस्तानको मुर्गाब नजिक केन्द्र बनाएर ७.२ रेक्टर स्केलको भूकम्प गएको हो।जमिन भन्दा २८.७ किलोमिटर गहिराइमा केन्द्र बनाएर भूकम्प गएको थियो।
भूकम्पको झड्का पाकिस्तान, भारतको दिल्ली, पंजाव र चण्डिगढ सम्म महसुस गरिएको थियो। भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण अहिले सम्म आइपुगेको छैन।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्