अध्यापन अनुमति पत्रका लागि जिल्ला शिक्षा कार्यालय सिरहामा घुइचो
Advertise Here Book Now

सरोज कुमार पासमान
सिरहा । स्थायी अध्यापन अनुमति पत्रका लागि लिइने परीक्षाको फारम भर्नका लागि सिरहाको जिल्ला शिक्षा कार्यालयमा आज (मंगलबार) विहानै देखि परिक्षार्थीहरु लाइनमा लागेका थिए ।
फारम भर्नका लागि महिला तथा पुरुष परिक्षर्थीहरुको बाक्लो उपस्थिती रहेको थियो । परिक्षार्थीहरुले माध्यमिक र निम्नमाध्यमिक तहको परिक्षा दिनका लागि फारम भरिएको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ । कार्यलय स्रोतका अनुसार माध्यमिक तहमा फारम भरेकाहरु संग ७ सय र निम्नमाध्यमिक तहमा फारम भरेकाहरु संग चार सयको दरले रकम असुलेको जनाइएको छ ।
बन्दको सामना गर्दै परिक्षार्थीहरु जिल्ला शिक्षा कार्यालय सिरहामा विहानै देखि लाइनमा बसेका थिए ।  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको आमहड्तालका कारण यातायातका कुनै सवारी साधन चलन नसकेपछि परिक्षर्थीहरु मोटरसाइकलमा सवार भएर दरखास्त बुझाउन आएको एक परिक्षार्थीले जानकारी दिए । उनले भने,‘बन्दका कारण एक साता देखि दरखास्त बुझाउन आउन सकिएन । आज जसोतसो मोटरसाइकल भाडामा गरेर जिल्ला शिक्षा शिक्षा कार्यालय सिरहा सम्म आएको छु ।’ जान फेरी भाडामै मोटरसाइकल खोज्नुपर्ने उनले दुखेसो पोखे । दरखास्त दिने मिति मंसिर २३ गते सम्म र दोब्बर दस्तुर तिरेर मंसिर २४ गते देखि पौष १ गते सम्म रहे पनि जिल्ला शिक्षा कार्यालय सिरहामा सोमबार परिक्षार्थीहरुको निकै भिड देखिएको थियो ।  दरखास्त जिल्ला शिक्षा कार्यालयहरु वा जिल्ला शिक्षा कार्यालयले तोकेको विभिन्न स्थानहरुमा दरखास्त बुझाउन सकिने जनकारी दिए ।
दरखास्त बुझाई सकेकाहरुका माध्यमिक तहका लागि परीक्षा आउदो फागुन १४ गते शुक्रबार दिनको १ः०० बजे र निम्न माध्यमिक तहका लागि फागुन १५ गते शनिवार दिनको १ः०० बजे रहेको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ । परीक्षा केन्द्र सम्वन्धित जिल्ला परीक्षा समन्वय समितिले तोकेका परीक्षा केन्द्रहरुमा हुने समेत जानकारी दिएका छन् ।


,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्