आन्दोलन फिर्ता लिन मधेसी मोर्चाले राख्यो सजिलो शर्त
Advertise Here Book Now



काठमाण्डु, १४ पुस– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले जारी आन्दोलन फिर्ता लिनका लागि शर्त अघि सारेका छन् ।



मंगलबार रिपोर्टस् क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ठाकुरले प्रमुख दल तीन महिनाभित्र सीमांकन टुंगाउन राजि भए मेसी मोर्चाले आन्दोलन फिर्ता ल्याउने बताए । उनले भने, ‘तीन महिनाभित्र सीमांकन टुंगाउने विश्वासिलो वातावरण तयार भए हामी आन्दोलन फिर्ता लिन सक्छौँ । तर, अहिले विश्वासिलो आधार नभएकाले आन्दोलनको विकल्प खोज्न नसकिएको हो ।’

आफुहरुको आन्दोलनलाई सरकारले व्यवास्था गरेको भन्दै उनले मोर्चाले राजनीतिक रुपमै समस्या समाधान होस् भन्ने चाहेको बताए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्