सिरहामा लागुऔषधसहित चार पक्राउ
Advertise Here Book Now

लहान २४ मंसिर । सिरहाको लगडीगोठ १ बाट सशस्त्र प्रहरीको टोलीले बुधबार लागुऔषध कोरेक्ससहित एक युवकलाई पक्राउ गरेको छ ।
धनुषा लहाकथाला १ बस्ने वर्ष १८ को चन्द्र कुमार यादव २८ बोतल लागुऔषध कोरेक्ससहित पक्राउ परेका हुन् ।
उनको साथबाट कोरेक्स बरामद भएपछि सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको हो ।
यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भइरहेको छ । 
यसैगरी सप्तरी जिल्लाको पन्सेरा गाविसस्थित एक घरबाट प्रहरीले लागुऔषध कोरेक्ससहित ओसार पसारमा संलग्न तीन जनालाई तीन जनालाई नियन्त्रणमा लिएको छ ।
एक सय अन्ठानब्बे बोतल कोरेक्ससहित पंसेरा गाविस वडा नं. ५ बस्ने राम कृष्ण चौधरी, ४२ वर्षिय राम प्रसाद चौधरी र ३४ वर्षिय हरीदेव सदालाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।
चौधरीको घरमा कोरेक्स लुकाई राखेको छ भन्ने गोप्य सुचना पाएपछि ईलाका प्रहरी कार्यालय कडोरबनाबाट खटि गएको प्रहरीले उनको घरमा खानतलाशी गरेको थियो।
चौधरीको घरभित्र दुई वटा ब्यागमा लुकाई राखेको अवस्थामा उक्त परिमाणको कोरेक्स बरामद भएको हो। पक्राउ परेका तीनै जनासंग थप अनुसन्धान भइरहेको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्