१७ टन ग्यासको बुलेट गाडि दुर्घटना
Advertise Here Book Now

१७ टन ग्यास बुलेट बोकेको ट्रक आज सुनसरीको इटहरी २२ स्थित पकलीमा दुर्घटना भएको छ । भारतको बरौनीबाट जोगवनी नाका हुदै नेपाल छिरेको एच आर ४७६५ नम्बरको बुलेट पकलीमा पूर्वपश्चिम राजमार्गमा पल्टिएको हो ।
बुलेट ट्रक पल्टिएपछि ट्रकका चालक सामान्य घाइते भएपनि ठूलो अप्रिय घटना भने हुन पाएन । ग्यास भरिएको बुलेट ट्रक पल्टिएपछि त्यस क्षेत्रमा जोखिम बढेको भन्दै सम्भाबित खतरालाई दृष्टिगत गरी सो क्षेत्रमा दमकल र सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बुलेटमा रहेको ग्याँस लिक हुन नदिन प्रविधिक टोली समेत परिचालन गरिएको छ । पल्टिएको ग्याँसको बुलेटलाई सुरक्षित तरिकाले निकाल्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्