‘निर्दलमा भोट दिने ओली हामीलाई प्रजातन्त्र सिकाउँछन्’
Advertise Here Book Now

तमलाेपाका सहअध्यक्ष त्रिपाठीसँग कुराकानीमा अाधारित
प्रधानमन्त्री केपी शर्मा ओली हरेक परिवर्तनको विरोधीको रुपमा देखिंदै आउनुभयो । पहाडे राष्ट्रवाद र खस राष्ट्रवादको टोपी लगाएर उहाँ हिडनुभएको छ । हाम्रो आन्दोलनलाई आन्दोलनलाई भन्नुभएन । आन्दोलनलाई सधैं उपहास गर्नुभयो । दुई चार आप झर्दैमा केही हुँदैन भन्दै तल्लो स्तरमा झरेर गिराउने, होच्चाउने काम र व्यवहार देखाउँदै आउनुभयो । प्रधानमन्त्री भएपछि पनि बोली, उपदेश दिने उहाँको शैली फेरिएको छैन । हामीलाई प्रजातन्त्र सिकाउनुहुन्छ । तर, निर्दलमा भोट दिनुभएको उहा“हरुले नै हो । हामीसंगसंगै राजनीति गरेका हौं । निर्वासनमा पनिस“गै गयौं । राम्रसँग परिचित पनि छौं । अरु आन्दोलनमा हामी संगै हुन्छौं तर, तराई मधेसले हक र अधिकार माग्दा आफ्नो अधिकारको लागि लड्दा हामी एक्लै हुन्छौं । अब आन्दोलन कसरी रोकिन्छ भन्ने पनि हाम्रो हातमा छैन । जे छ उतै छ, जुनजुन वैज्ञानिकहरुले ८ बाट ६ प्रदेश बनाए ६ बाट ७ मा लगे उनीहरुलाई नै थाहा होला समधान कसरी गर्ने भनेर । सजातीय आन्दोलनका कारण ६ बाट ७ प्रदेश बनाइयो, हामी त विजातीय भयौं । अनि हाम्रो आवाज कसरी सुनिओस् १ तराई मधेसमा चार दर्जन सहिद भइसके तर, पनि हाम्रो आवाज सुनिएन । त्यसैले अहिले मुद्दाका हिसाबले कोसँग नजिक, कोसँग टाढा भन्ने अवस्था नै छैन । ओलीजीको बोली सधैं मधेसप्रति आक्रामक छ, यस्तोमा हामी कसरी नजिक छौं 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्