सिरहामा महतो माथी भएको घटनाको विरुद्धमा प्रदर्शन ।
Advertise Here Book Now

 श्रीकान्त झा , सिरहा, १२ पौष । बिराटनगरको जोगवनी नाकामा शान्तिपुर्ण धर्नामा सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो सहित आन्दोलनकारीहरुमाथि प्रहरीले गरेको दमन विरुद्धमा सिरहाको मिर्चैया सहितका स्थानहरुमा आज प्रदर्शन गरिएको छ । विगत साढे चार महिनादेखि मधेशमा जारी आन्दोलनका क्रममा प्रहरीको आक्रमणमा सदभाबना अध्यक्ष महतो गम्भीर घाइते भएपछि तराई मधेशका जिल्लाहरुमा आन्दोलन तीब्र भएको हो । बिराटनगर घटनाको विरुद्धमा मिर्चैयाको कटारी चौकमा संयुक्त लोकतान्त्रिक मघेशी मोर्चाको नेता तथा कार्यकर्ताहरुले सडकमा टायर बाली सरकारको बिरुद्धमा कडा नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । विहान छिटफुट रुपमा पसलहरु आंशिक रुपमा खुले पनि मोर्चाले पसल बन्द गराएका थिए । विहानैदेखि मोर्चाका कार्यकर्ताहरुले सिरहा सदरमुकाम सहित मिर्चैया, गोलबजार, चोहर्बा, माडर लगायतका स्थानहरुमा विरोधमा प्रदर्शन गरेका संघिय समाजबादी फोरम नेपालके सिरहा सदस्य राम दयाल यादबले जानकारी दिए । यता, मोर्चाले आज साँझ मिर्चैया सहितका स्थानहरुमा माइकिंग गरेका छन् । भोलीदेखि सम्पुर्ण ब्यापार ठप्प गरी ब्यापारीहरुलाई आन्दोलना सहयोग गरि दिन माइकिंग मार्फत आग्रह गरिएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्