सिरहा सहित तराई मधेशमा लगातार चिसो बढ्दै. सिरहा सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्थिती कम
Advertise Here Book Now



नथुनी कामती सिरहा, २८ मंसिर । अत्यधिक चिसो बढेका कारण सिरहा सहित मधेशभरको जनजीवन आज विहानै देख प्रभावित भएको छ ।
लगातार चिसो बढ्नथालेका कारण आज सिरहा सदरमुकाममा सर्वसाधारणहरुको चहल पहल कम भएको छ । भने सिरहाका सरकारी कार्यालयहरुमा सेवाग्रहीको उपस्थिती न्यून देखिएको छ । चिसो नभएको वेला जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरु विभिन्न काम गराउनका लागि विहानैदेखि भिड देखिनथ्यो तर एकाएक चिसो हवाका कारण विहानै देखि कुहिरो लागेकाले सर्वसाधारणहरुको भिड कम भएको स्थानियहरुले जनाएको छ ।
सिरहा सदरमुकामको विभिन्न स्थानहरुमा सर्वसाधारणहरु ऋालो बालेर ताप्न शुरु गरि सकेका छन् । चिसो बाट बाँच्नका लागि स्थानियहरुले ज्याकेट, टोपी, पन्जा, जुत्ता, मोजा र विभिन्न प्रकारका न्यानो कपनाहरु लगाउनुपर्ने अत्यन्त आवश्यक रहेको बताउछन् ।


,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्