रिपोर्ट महोत्तरी : प्रत्यक्ष–अप्रत्यक्ष १२ जना मारिए (फोटो फिचरसहित)
Advertise Here Book Now



रंजन भण्डारी, जलेश्वर २० मंसिर । मधेश आन्दोलनको ११३ औ दिन बितिसकेको छ । श्रावण ३० गते संघीय मधेशी मोर्चाको २ दिन मधेश बन्द र श्रावण ३१ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको दुई दिनको मधेश बन्द सर्वविदितैछ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंगै संघीय मधेशी मोर्चाले बन्दको अन्तिम दिन सरकारले आफ्नो मांग सम्बोधन गर्न आनकानी गरेको भन्दै अनिश्चितकालित बन्दको आव्हान गरे । जुलुस निकालियो नारा लगाईयो यसैबीच आन्दोलन चर्काउन विभिन्न कार्यालयमा तोडफोड, सवारी साधनमा तोडफोडको संगै विभिन्न चोक चौराहामा टायर बालेर प्रदर्शनसमेत गरियो । प्रहरीसमेत यति बेलासम्म संयमित बनेको देखिएकै हो ।

आन्दोलन हाम्रै लागि होला भनि आमजनसमुदायले बन्दमा समर्थ जनाएर र सानो तिनो तोडफोड, नाराबाजी र प्रदर्शनलाई वेवास्ता गर्दै गए । सार्वजनिक यातायातका चालक र सहायक कर्मचारी, दैनिक ज्यालादारी गर्ने मजदुर, विद्यार्थी, शिक्षक, वितिय संस्था र आम जनसमुदायले एक दुई दिनमा मांग सम्बोधन हुन्छ र बन्द खुल्छ होला भनी आशामा बसिरहे तर केहि भएन ।


झन् आन्दोलन सानो तिनो तोडफोड र प्रदर्शनबाट प्रहरीसंग झडप र भिडन्तमा परिणत हुन थाल्यो । यही झडप र प्रदर्शनले विकराल रुपलिएपछि भाद्र २३ र २५ मा जलेश्वर ७ बजराहीका रोहन चौधरी, जलेश्वर १४ बखरीका अमित कापर (मुसबा), पिगौनाका विरेन्द्र विच्छा, महोत्तरी ५ का रामविवेक यादव, हात्तिलेट ९ की रामशिला देवी र बजराही ७ का गणेश चौधरीसंगै शसस्त्रका असई थमन विश्वकर्माको समेत ज्यान लियो । यी प्रत्यक्ष मृतक मात्र हुन् ।

यीनीसंगै सरकारले मांग सम्बोधन नगरेको भनी आत्महत्या गरेका गौशालाका एक, मानवसाङलो निर्माणका क्रममा मरेका एक, शसस्त्रको सवारी साधन जलेश्वर १४ बखरी हुँदै आफ्नो गनतव्यमा जान खोज्दा गोली मार्न आयो भन्ने त्रासका कारण भागदौड मचेको र भागदौडमै लडेर मृत्यु वरन गरेका फुल्हटटाका एक, कर्फयुको बेला सवारी साधन नपाउँदा ससुराद्वारा टायरगाडामा राखेर ल्याउन खोज्दा बाटोमै मरेकि गर्भवती एक, अस्पतालमा मृतक र घाईतेहरु देख्दा असहय भई आफ्नो प्राण त्याग गरेका वृद्ध एक लगायत अन्य कैयौले आन्दोलनकै कारण ज्यान गुमाईसकेको यथार्थ हामी कहा छदैछ ।

तर पनि बन्द एक दुई दिनमा खुल्छ र सबै साम्य हुन्छ भनि प्रतिक्षमा छन् । कतिऔ आमाको कोख खाली भैसक्यो कतिऔ श्रीमतिले श्रीमान गुमाई सके कति छोराछोरीले आफ्नो आमा र बुवा गुमाईसकेका छन् । घाईतेमध्ये केहिले आफ्नो शरिरको अंग नै गुमाई सकेको अवस्था छ भने केहि अझै बाच्छु कि भन्ने आशमा अस्पताल धाउदैछन् । यो एउटा पाटो हो अव थोरै अर्को पाटो पनि मनन गरौ ।

श्रावण ३० पछि बन्दका कारण सवारी साधन नचल्दा अझै पनि कतिऔ यात्रीले दुःख गरि एक घन्टाको बाटो चारदेखि पाँच घन्टामा पैदलनै तय गर्न बाध्यछन् । कतिपय लामो दुरीको यात्रीहरु भारतको बाटो भएपनि यात्रा गर्न बाध्यछन् । वृद्ध, बच्चा र विरामीलाई यातायातका कारण बढी कष्ट हुने गरेको देखिन्छ ।

अस्पताल र औषधी पसलमा औषधि समाप्त हुने अवस्थामा छभने कतिऔ अतिआवश्यक औषधि समाप्त भएको महिना कटिसक्यो ।
मजदुरको हकमा कुरा गर्दा दैनिक ज्यालादारी गरेर खानेहरुको अवस्था दयनिय देखिएको छ । निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरु यातायातकै कारण निर्माण सामग्री नहुँदा काममा जान नपाउँदा आधापेट खानु परेको अवस्था छ । गृहिणीहरु खाना पकाउन ग्यास र दाउराको खोजीमा अझै व्यस्त छिन् ।

करिब ९० दिन विद्यार्थीहरुको पठन पाठन पूर्ण बन्द भयो भने अहिले पनि यातायात र त्रास र विहानी वेलामा लाग्ने गरेको वाक्लो हुस्सु र चिसोका कारण अधिकाँश विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । विद्यालय गएका विद्यार्थीहरु विरामी पर्ने गरेका छन् । बच्चाहरु विद्यालय जाँदा आउँदा बाटोमा बलिरहेको टायर देखेर तर्सिने गरेका छन् ।

हामीले आफ्नो भविष्य कस्तो बनाउन लागेको हो एक पटक सरकार र आन्दोलनकारी दुवैले सोच्ने बेला आएको स्थानीयबासीहरुको भावना छ । वार्ताको नाममा जिस्किाइरहेका सरकार र आन्दोलनकारीले पनि भोली यसको परिणाम भोग्नु पर्ने अवस्था आउन सक्ने बुद्धिजिविहरु बताउँछन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्