लामो समयपछि सिरहा नाकामा फेरी धर्ना जारी
Advertise Here Book Now

सरोज कुमार पासमान सिरहा, २८ मंसिर । लामो समयपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेपाल भारत सिमानाका सिरहाको विभिन्न नाकाहरुमा धर्नालाई  निरन्तरता दिएका छन् । मोर्चाले आज पनि सीमानाकामा धर्ना दिएको स्थानिय नेताहरुले जनाएको छ । 

मोर्चा सिरहबाट भारत तर्फ जाने गरेको सिमित यातायातका साधनहरुलाई रोकर अवरोध गरेको छ । 
सिरहा भन्सार कार्यालय नजिकै रहेको नाका लगायत दर्जनौ सानो तथा ठूलो नाकाहरुमा मोर्चाका कार्यकर्ताहरुले धर्नालाई कडा रुपमा निरन्तरता दिएको फोरम लोकतान्त्रिकका दिनेश मंडलले मधेश सन्देशलाई जानकारी दिए ।
उनले भने,‘केहि दिन हामीले यस नाकाहरुमा खुकुलो गरे पनि अब कडा रुपमा प्रस्तुत भएर दैनिक उपभोग्य बस्तुहरु समेत थोक मात्रामा जान दिनन् ।’ लामो समय देखि खुकुलो रहेकाले अब नाकाहरुमा टाइट गरेर प्रभाव पार्ने आवश्यकता रहेको उनले जानकारी दिए । 

 पछिल्लो समय वार्ताको नाममा सरकारले अल्झाउने काम मात्र गरेकाले पुन नाका केन्द्रित आन्दोलन सञ्चालन रहेको जानकारी दिए ।

नाकामा बिस्तारै सहभागिता बढाउँदै मोर्चाको केन्द्रीय निती अनुसार पुन नाकामा धर्ना बस्ने तयारी गरेको र २ महिनापछि मोर्चाले आइतबारदेखि पुन नाकामा प्रदर्शन र कोणसभालाई निरन्तरता दिएको स्थानिय नेताहरुले जनाएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्