लहान सरसफाई अभियानकी अगुवा रिना सम्मानित
Advertise Here Book Now

लहान, २० मंसिर । लहान सरसफाई अभियानको ५० औं सप्ताह पुगेको अवसरमा आज लहान वृहत्त प्रदर्शन गरेको छ । ‘स्वच्छ, हराभरा र सुन्दर लहान नगरः हामी सबैको रहर’ भन्ने मुल नाराका साथ अभियानको अवसरमा आज बिहान एक समारोहबीच सरसफाईका सहयोगीहरुलाई सम्मान गरिएको छ । लहान ८ सरस्वती टोल विकास समितिले लहान नगरका पूर्व मेयर लगनलाल चौधरी, लहान नगरपालिकाका निमित्त प्रमुख शत्रुधनप्रसाद चौधरी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहान सिरहाका प्रमुख देवनाथ सिंह,इलाका प्रशासन कार्यालय लहानका प्रमुख रञ्जित अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।समारोहमा लहानस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पका प्रहरी नायव उपरीक्षक प्रकाश माझी र सरसफाई अभियानकी अगुवा रिना चौधरीलाई पनि सम्मान गरिएको समितिका सदस्य डा. नमोनारायण झाले बताउनुभयो । समारोहमा सरसफाई अभियानको ५० औं सप्ताह अवधिको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै दुर्गा परियारले फोहोर व्यवस्थापन, सरसफाई अभियानका गतिविधि, अभियानका नाराहरु, रणनीति, सहयोगी संघ संस्थाहरु, उपलब्धि, आगामी कार्यदिशाको विषयमा चर्चा गर्नु भएको थियो ।
त्यस्तै, सरसफाई अभियानका सुनिलकुमार साहले स्थानीय व्यवसायी तथा व्यापारी र लहान नगरपालिकाका लागि प्रस्तुत गर्नु भएको सरसफाई सम्बन्धी नागरिक अपिल सहभागीहरले अनुमोदन गरेका थिए । उक्त समारोहमा वक्ताहरुले लहानलाई स्वच्छ, सफा र सुन्दर बनाउन नगरपालिकाको मात्र मुख नताकी फोहोर व्यवस्थापनका लागि नगरवासीहरु नै जागरुक बन्नु पर्नेमा जोड दिए । लहान नगरपालिकाका निमित्त प्रमुख शत्रुधनप्रसाद चौधरीले नगर क्षेत्रमा हुने फोहोर उत्पादन र व्यवस्थापन गर्न स्थानीय नागरिकहरु जिम्मेबार बन्नु पर्ने औंल्याउँदै प्लाष्टिक झोला प्रयोग नगर्न, खुल्ला दिसा पिसाव नगर्न, नालामा शौचालयको पाइप नमिसाउन र आफ्नो घर अगाडि सडक किनारमा निर्माण सामग्री नथुपार्न आग्रह गर्नुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्