मधेसी मोर्चाका कार्यकर्ताले युवा संघका सदस्यलाई कालोमोसो दलेर कुटपिट गरेपछि कलैयामा भागदौड
Advertise Here Book Now

नेकपा एमाले निकटको युवा संघ नेपाल बाराका सदस्य पुरुषोत्तम साहलाई कालोमोसो दल्दै कुटपिट गरेका छन् । तराई मधेसमा बिगत साढे चार महिना देखी आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समाबेशी मधेसी गठबन्धन सहितका पार्टीका आन्दोलनकारीले युवा संघका सदस्य साहलाई कुटपिट गर्नुका साथै कालोमोसो दलेको हो ।
कलैयाको भरत चौकमा रहेको बस्नेत चिया पसलभित्र चिया खाएर बाहिरिने क्रममा मोर्चाका कार्यकर्ताहरुले कालोमोसो दल्दै कुटपिट गरेको सदस्य साहले बताए । मोर्चाका कार्यकर्ताले साझमा चौकमै टायर बालेर प्रदर्शन गर्दै यस्तो कार्य गरेका हुन् ।
चिया पसल बाहिर नै चिया खान बसेका काँग्रेस एमालेका दर्जनौ नेता कार्यकर्ताहरु मोर्चाका कार्यकर्ताले चौकमा टायर बाल्न थालेपछि चिया पसलबाट हिडेका थिए । तर युवा संघ सदस्य साह चिया पसल भित्र चियाँ खादै गर्दा बाहिर के भईरहेको छ भन्ने कुराको थाहा नभएर बाहिरिदै गर्दा मोर्चाका कार्यकर्ताले पक्रेर कालोमोसो दलेको उनले बताए । कुटपिट गर्दै उनीहरुले बालेको टायरमै जलाउँन खोज्दा आफु भागेर ज्यान जोगाउँनुपरेको साहले बताए ।
चिया पसलमा यस्तो कार्यहुन थालेपछि भागदौड मचिएको छ । मोर्चाका एक नेताका अनुसार मोरंगको रंगेलीमा मोर्चाले मधेस जागरण अभियान कार्यक्रम गर्दै गर्दा काँग्रेस एमालेका कार्यकर्ताले बिथोलेर मोर्चाका कार्यकर्तालाई कुटपिट गरेपछि कलैयामा त्यसै भएको बताए ।
यता युवा संघ नेपाल बाराले सोमबार साझ एक बिज्ञप्ती जारी गर्दै घटनाको घोरभत्र्सना गरेको छ । संघका सदस्य रहेका साहलाई मधेसी मोर्चाका कार्यकर्ताले भौतिक आक्रम गर्दै अमानविय व्यवहार गरेको प्रति संघ घोरभत्र्सना गरेको छ ।
सोमबार साझ कलैयाको भरत चौक स्थित चिया पसलमा चियाँ खादैगर्दा मोर्चाका कार्यकर्ताले पक्रेर कालोमोसो दल्नु, कुटपिट गर्नु जस्ता अमानविय कार्य गर्नु राजनीतिक संस्कृती नभएको र यस्ता क्रियाकलाप नगर्न गराउँन बिज्ञप्ती मार्फत आग्रह गरिएको छ । यस्ता कृयाकलापमा संलग्नलाई पक्राउ गरी कानुनी कारवाही गर्न नेपाल सरकारसंग जोडदार माग गरिएको संघका प्रचार बिभाग प्रमुख अनिता साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्