सिरहामा कालोबजारी, प्रसाशन मौन
Advertise Here Book Now

नथुनी कामती

सिरहा, २३ मंसिर । तराई मधेशमा लामो समय देखी जारी बन्दीेका कारण स्थानिय सर्वसाधारणहरु चर्को मारमा परेका छन् । लामो बन्दको सुरुवात देखी नै बजारमा अती आवश्यक सामाग्रीहरुको मूल्यमा बृद्धिभएको भन्दै व्यापारीहरुले कालो बजारी गरीरहेका छन् । बन्दका कारण रिर्चाज कार्ड प्रयाप्त मात्रमा नआएको कारण देखाउदै साना तथा ठुला व्यावसायिकहरुले प्रत्येक रिर्चाडकाडमा रु ५ देखी रु १० रुपैया सम्म थप लिने गरेको उपभोगताहरुले गुनासो राखेका छन् । त्यस्तै रु १०४ रुपैया प्रति लिटर पाउने पेट्रोल बजारमा खुला रुपमा रु १५० देखी रु २०० सम्म बजारमा बिक्रि वितरण गरे पनि स्थानिय प्रसाशन मौन बसेका छन । यस्तै प्रकारले सर्वसाधारणहरु उपभोगय समानमा चर्को मूल्य तिर्नुपरेका छन् । बजारहरुमा पाईने हरेक समानहरुमा कालो बजारी भएपनि सिरहा प्रसाशनले खासै चासो नदेखाएका कारण तसकरहरुको बिगबिगी देखीएको स्थानियहरुको आरोप रहेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्