मधेसी मोर्चाका शीर्ष नेताहरु दिल्ली प्रस्थान
Advertise Here Book Now



मधेसी मोर्चाका शीर्ष नेताहरु आज भारत भ्रमणमा गएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनीहरु आज दिल्ली गएका हुन् । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावना फोरमका अध्यक्ष महेन्द्र यादव शनिबार राति पटना हुँदै दिल्ली पुगिसकेका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि बिहान दिल्ली उडेका छन् । दिल्लीमा मधेस आन्दोलन र नेपालको
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने मोर्चाका नेताहरुले वताएका छन् ।



भारतमा विभिन्न राजनीतिक दलका नेताहरुसँग विभिन्न नेपालको पछिल्लो अवस्थबारे अन्तरक्रिया गर्ने उद्देश्यले नेताहरु भारत जान लागेका पनि मोर्चाको बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ ।

मोर्चाका नेताहरूले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, गृहमन्त्री राजनाथ सिंहसाग भेट्ने लगभग पक्का भएको छ । भाजपाका महासचिव राम माधव, कंग्रेस आईका नेता डा. करण सिंह, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, भाजपा नेता भगतसिंह कोस्यारी, माक्र्सवादी कम्युनिस्टका नेता सीताराम येँचुरी, सांसद डिपी त्रिपाठीलगायतसँग भेट्ने कार्यक्रम छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्