सिरहामा चुडी देखि सुनचादीको पसलमा पेट्रोल विक्रि, आवश्यकता पुराभएको नाममा कालोबजारीलाई सहयोज
Advertise Here Book Now




सरोज कुमार पासमान 
सिरहा, मंसिर २४ । सिरहामा चुडी पसल देखि लिएर सुनचादी पसलमा समेत पेट्रोल खरिद विक्रि वितरण भईरहेको छ । सिरहामा आवश्यक भन्दा दोब्बर मात्रामा पेट्रोल विभिन्न स्थानहरुमा स्टोर भएपनि सहज रुपमा वितरण नगरेका कारण अभाव कायम देखिएको छ।
सिरहामा पेट्रोल खरिद गर्नेभन्दा विक्रि गर्नेहरुको संख्यामा वृद्धि देखिएको छ । जस्का कारण प्रत्यक्ष रुपमा सर्वसाधारणहरु मार्कामा परेका छन् ।
स्थानीय प्रशासनले जसोभएनि आवश्यकता पुरा भइरहेको बहानामा कालो बजारीलाई सहयोग पुगाएको स्थानियहरुको गुनासो रहेको छ ।
काडमाण्डौलाई प्रभाव गर्ने उद्देश्यले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दएको नाकामा धर्नाका कारण प्रत्यक्ष रुपमा मधेशनै मारमा परेको देखिएको छ । काडमाण्डौको दैनिकी सहजभएपनि मधेशमा हातमुख जोडन समेत समस्या भएको मधेशीहरुको भनाइरहेको छ ।
लामो आन्दोलनका कारण मधेशको शैक्षिक सस्था देखि विभिन्न प्रकारका अतिआवश्यक क्षेत्रहरु पुर्ण रुपमा प्रभावित भएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्