चिम्नी भत्किँदा ६ जनाको मृत्यु
Advertise Here Book Now

मंसिर, २८ सुनसरी/इटहरी उपमहानगरपालिका १६ मा रहेको एउटा इँटा भट्टामा भएको दुर्घटनामा ६ जनाको मत्यु भएको छ । जय नेपाल इँटाभट्टा उद्योगको चिम्नी ढल्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमध्ये बंगलादेशका मजदुर सबनम मियाँ, राहुल मियाँ र सद्दाम मियाँको मात्रै सनाखत भएको छ भने अन्यको सनाखत हुन सकेको छैन्। घाइतेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरानमा उपचार भैरहेको छ । इँटा पोल्नका लागि आगो बाल्ने क्रममा चिम्नी ढलेको प्रहरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्