लहानमा अधिकांश सेवासुविधाका जिनिस हांस्पिटल संचालन
Advertise Here Book Now

लहान,२९ मंसिर । पूर्वको नमुना अस्पतालको रुपमा अगाडि बढाउंने उद्देश्यले लहानमा मंसिर २७ गते जिनिस हस्पिटल प्रा.लि.को उद्घाटन भएको छ । 
सो उद्घाटन कार्यक्रमका प्रमुख अतिथी डा. चन्देश्वर यादवले पूर्वाञ्चलमा रहेको विराटनगर धरान जतिको सुविधा सम्पन्न हांस्पिटल अब लहानमै संचालन भएको भन्दै निकट भविष्यमा यसले थप वृहत्त सुविधाहरु ल्याउंने बताउंनुभयो । कार्यक्रमका सभाध्यक्षता केदारनाथ यादवले गर्नुभएका थिए भने विशेष अतिथीका रुपमा रहेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का केन्द्रीय अध्यक्ष विकास तिवारीले लहान हेल्थ जोनको रुपमा विकसित भइरहेको अवस्थामा यस जिनिस अस्पतालले थप सुविधानका साथ संचालनमा आएकोले मेडिकलक्षेत्रमा कारगर हुने बताउंनुभयो । उद्घाटन कार्यक्रममा समाजसेवी प्रमोद ठाकुर, इन्जिनियर गणेश यादव, मुनीजी, तमसपाका देवकान्त सिंह, बहुजन पार्टीका सनहु राम, समाजसेवी श्यामलाल यादव, गोपाल सेवा समितिका विशेश्वर यादव, तमलोपाका राकेश झा, लहान सिटी जेसिजका शंकर गुप्ता, युवा नेता सत्यनारायण यादव, नेपाल पत्रकार महासंघ सिरहाका पूर्व उपाध्यक्ष शिवकुमार साह, लहान नगरविकास समितिका अध्यक्ष देवनाथ यादव, समाजसेवी माधवबहादुर राउत, फोरम नेपालका प्रयागलाल यादवलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य हांस्पिटका मेनाजिंग डाईरेक्टर तथा वाल विशेषज्ञ डा. विजेन्द्र यादवले गरेका थिए । 
उद्घाटन कार्यक्रमसंगै  मंसिर २७ र २८ गते निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । सो शिविरमा ३ सय विरामीले स्वास्थ्यलाभ लिएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्