एक नेपालीको दिल्लीमा गोली हानी हत्या
Advertise Here Book Now

गोबिन्द पोख्रेल, नयाँ दिल्ली – नेपाल घर बाजुरा ब्रह्मटोला गाविस वार्ड नंबर ७ का गोपे सेरालाका छोरा अन्दाजी बर्ष ४४ का “सिङ्गे सेराला“ जसलाई भारतीय मिडियाहरुले सिंह बहादुर भनेका छन् । उनी रोजगारी सिलसिलामा भारतको दिल्ली राज्यमा पर्ने मंगोलपुरीको नजिककै रोहिणी सेक्टर ३ को मोहल्लामा रातिको चौकीदारी गर्थे ।

उक्त घटना २७ डिसेम्बरका  दिन राती ११ बजेर ४० मिनेटतिर घटेको बताइएको छ । रोहिणीमा रहेको अम्बेडकर अस्पतालमा लासको पोष्टमार्टम गरी मृतकको भाईहरुलाई बुझाइएको छ ।
उक्त घटनाको बारेमा नेपाली दूतावास नयाँ दिल्ली, भारतमा रहेका सबै संगठन र मिडिया सबैलाई हिजो बिहानै अखिल भारत नेपाली एकता मंचले खबर गरेको दावी गरेको छ । एकता मंचको टीमले पुलिसलाई भेटि पीड़ितलाई न्याय अपराधीलाई कड़ा भन्दा कडा कारवाहीको माग जोडदर रूपमा उठाएको पनि दावी गरेको छ ।
सम्बन्धित एरियामा सन् २००७ मा पनि एक नेपालीको यस्तै अवस्थामा हत्या भएको कुरा पनि मंचका एक प्रतिनिधीले फोनमा जानकारी गराए । अहिले फेरी घटना दोहोरिनु गम्भिर घटना हो ! भारतको राष्ट्रिय राजधानी दिल्लीको मंगोलपूरी एरियामा नेपालबाट रोजगारीको सिलसिलामा भारत आएका सिंगे सेरालालाई भारतीय “मिडियाले सिंह बहादुर भनि प्रचार गर्नु दुर्भाग्य रहेको पनि उनले बताए ।
रातिको चौकीदारी गरेका उनलाई अज्ञात समुहले गोली हानेका शंका गर्न सकिन्छ । कतै चोरी डकैतीको मनशायले आएको त्यो समुहलाई रोक्ने प्रयास गर्दा गोलि हानी हत्या गरिएको हुन सक्ने स्थानीयहरुको ठम्याई रहेकोछ ।
सिसिटिवि फुटेज अनुसार अपराधीलाई अहिले सम्म दिल्ली पुलिसले आलटाल गरेको देख्दा कतै स्थानीय र पुलिस बिचको मिलि भगत हो की भन्ने एकता मंचको ठम्याई रहेकोछ । पोष्ट मार्फत पछी मृतकको दाहसंस्कार गर्ने कुरा एकता मंचका केन्द्रिय कार्यालय सचिव आरबि खड्काले जानकारी गराए ।
त्यस्तै नेपाली जन सम्पर्क समिति नयाँ दिल्लीको करोलबाग शिद्धीपुरा शाखाका अध्यक्ष खगेन्द्र बहादुर सिंह घटना स्थलमा पुगेर उक्त घटनाको छानबिन अगाडि बढाउदै आवस्यक कागजातका साथ एफआईआर रोहिणीको दक्षिणमा रहेको थानामा दर्ता गराईसकेपछि नेपाली दुतावासमा सहयोगका लागि निवेदन सहित जानकारीका लागि पुगेको समाचार पछि सिंहसँग सम्पर्क गर्दा उनी आज पनि घटनास्थलमा पुगिसकेको बताउदै गृह जिल्ला भएका कारण आज उनको छोरालाई पनि यहाँ बोलाईएको छ र छोराको आगमन पछि मृतकको दाहसंस्कार गर्ने उनले थप जानकारी गराए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्